१७-साउन-२०६६,शनिवार
२०५० साल जेठ ३ गते ५.३० बजेकेा समयमा चितवनको दासढुङ्गामा जननेता मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी चालक अमर लामाले दुर्घटना गराई त्रिशुली नदीमा हाल्ने काम गरे। उक्त घटनामा नेपाली राजनीतिमा सफलताको शिखर चढिरहेका मदन भण्डारी र उहाँका समकालीन नेता जीवराज आश्रितको अवसान भयो। घटना भएको १६ वर्ष बितिसक्दा पनि उक्त घटनाका बारेमा प्रारम्भमा जुन जुन प्रकारका मान्यताहरू थिए, अहिले पनि आधारभूत रूपमा नेपाली समाजमा पुरानै मान्यताहरू विद्यमान छन्। घटनालाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने कुरामा भीषण विवाद र बहुधु्र्रवको स्थिति रहेकै भए पनि त्यो घटना वर्षमा १ पटक मदन–आश्रित स्मृति दिवसको समयमा सामान्य चर्चामा मात्रै सीमित रहने गरेको छ। दासढुङ्गा हत्याकाण्ड जनताको विष्मृतिमा जाने हो कि भन्ने चिन्ताको विषय भएको छ। यति ठूलो घटनालाई यति छिट्टै बिर्सने गल्ती गर्नु नेपालको लोकतन्त्रको विकासका लागि अहितकर हनेछ भन्ने मान्यताका आधारमा त्यो हत्याकाण्डका केही तथ्यहरूलाई जनसमक्ष राख्नु उचित ठानेको छु।
दासढुङ्गा हत्याकाण्ड भएको समयमा गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री थिए र गृहमन्त्री शेरबहादुर देउवा थिए। पोखराबाट नारायणगढतर्फ जाँदै गरेको गाडी दासढुङ्गा भन्ने ठाउँमा पुग्दा त्रिशुली नदीमा खसालिएको थियो। जेठ ३ गते ५.३० बजेतिर घटना भएको थियो। त्यो घटनामा सबैभन्दा पहिले स्थानीय बासिन्दा र सेनाको उद्धार टोली पुगेको थियो। राती १० को समयअगावै गाडी खसालिएको भुमरीमा गाडि रहेको स्थान पत्ता लगाइसकिएको थियो। सेनाका जवानहरूले पानीभित्रै गएर गाडीलाई सिक्रीले बाँधेका थिए। उद्धारमा संलग्न सेनाका जवान, स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरू रातभरिजसो रनभुल्लमा परेका थिए। त्यस समयमा दासढुङ्गा लगभग निर्जन ठाउँ नै थियो। त्यहाँ कुनै पनि किसिमको उज्यालोको व्यवस्था थिएन। टेलिफोन सेवा नभएको हुनाले खबर आदान–प्रदान पनि हुन सक्दैनथ्यो। गाडीलाई पानीबाट बाहिर ल्याउने क्रेनको व्यवस्था सयममै हुन सकेन। भोलिपल्ट ८ बजे मात्रै हेटौँडाबाट क्रेन आइपुग्यो। तल्कालीन सरकार उद्धारमा भन्दा बढी जनआक्रोशबाट बच्ने उपायको खोजीमै तल्लीन रहेको पाइयो। तर, सरकारका कामले जनआक्रोशलाई झनै बढवा दिने काम गर्योे। घटनाका सम्बन्धमा छानबिन गर्न प्रचण्डराज अनिलको एक सदस्यीय आयोग सरकारले तुरुन्तै घोषणा गर्न जति सक्रियता देखायो, उद्धार र घटना स्थलको सुरक्षा र अनुसन्धानको पाटोमा सरकारको ध्यान गएन। जसका कारण तल्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीलाई समेत लिएर हेलिकप्टरमा दासढुङ्गा पुगेका शेरबहादुर देउवा जनताको विरोधका कारण घटनास्थलमा ओर्लन पनि सकेनन्। सरकारद्धारा गठन गरिएको आयोग प्रायोजित भएको आशङ्का अधिकांशले गरे। जनस्तरमा पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोग बन्यो भने केपी ओलीको संयोजकत्वमा पार्टीको आयोग पनि बन्यो। घटनास्थलमा पुग्ने जो कोही पनि उक्त घटनालाई सामान्य गाडी दुर्घटनाका रूपमा स्वीकार गर्न सक्दैनथे किनकि त्यो सामान्य गाडी दुर्घटना हुने ठाउँ नै थिएन। सङ्केतका रूपमा राखिएका बालुवाका तीन विशिष्ठ प्रकारका चिह्नलाई पछ्याउँदै विस्तारै त्रिशुलीतिर मोडिएको गाडी, बायाँबाट अकस्मात दाँयातिर गएको गाडीको चक्काको डाम, सँगैको सिटमा बसेका दुई नेतामध्ये उद्धार गरिएको गाडीमा आश्रितको मात्रै लास भेटिनु, चालक अमर लामा पानीमा पनि नखस्नु जस्ता नाङ्गो आँखाले देखिने तथ्यले सामान्य गाडी दुर्घटना भनेर कसैले पत्याउन सक्दैनथ्यो तर तल्कालीन सरकार र केही शक्ति र व्यक्तिहरू भने सामान्य गाडी दुर्घटना प्रमाणित गर्न आफ्नो सम्पूर्ण शक्तिका साथ क्रियाशील थिए। त्यसैको परिणाम नै भन्नुपर्दछ सरकारबाट गठित अनिल आयोगले चालक अमर लामाको लापरबाहीले गाडी दुर्घटना भएको र यो घटना नियोजित हत्याकाण्ड नभएको निष्कर्ष सार्वजनिक गर्यो। तर, जनस्तरमा गठित तुलाधर आयोग र पार्टीद्वारा गठित ओली आयोगले भने यो नियोजित हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो र थप अनुसन्धानका लागि विशेषज्ञ समेत भएको उच्चस्तरीय आयोगको आवश्यकता औँल्यायो।
अनिल आयोगले प्रतिवेदन सार्वजनिक गर्नेबित्तिकै नेकपा (एमाले)ले आयोगको प्रतिवेदनलाई अस्वीकार गर्योय र सर्वाेच्च अदालतका बहलवाला न्यायाधीशको अध्यक्षतामा विशेषज्ञहरू समेतको संलग्नतामा अधिकारसम्पन्न आयोगको माग गर्दै सङ्घर्षको थालनी गर्योअ। तत्कालीन सरकारले घटनाको छानबिन गर्नका लागि गरिएको मागलाई अस्वीकार मात्रै गरेन, सङ्घर्षमा उत्रेका जनतामाथि व्यापक दमनमा उत्रियो। नेकपा (एमाले)को अगुवाइमा जनताको ठूलो सहभागिता रह्यो र दुई महिनासम्म देशव्यापी आन्दोलन भयो। यो क्रममा हजारौँको गिरफ्तारी, धरपकड, अङ्गभङ्ग गर्ने काम त भयो नै, २५ जनाले साहदत प्राप्त गरे। त्यसपछि मात्रै सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा प्राध्यापक हर्षनारायण धौवडेल र विपुलेन्द्र चक्रवर्ती सदस्य रहेको छानबिन आयोग बन्यो। छानबिन आयोगको गठनको मागका लागि मात्रै यति ठूलो बलिदान सायद नेपालको इतिहासमा पहिलोपटक नै भएको होला। उक्त आयोगले त्यसअघिका आयोगले दिएका प्रतिवेदनको अध्ययन गरेर घटनाको विवरणलाई निकै राम्रो गरी सङ्ग्रह गर्यो तर किटानी निचोड निकाल्ने काम गरेन। मदन आश्रितको भिसेरा जाँच बेलायतको 'एल्डर मस्टन फोरेन्सिक ल्याब'मा भएको थियो। डा. हम्फ्रेलगायत ९ जनाको टोलीले 'भिसेरा परीक्षण' गरेको थियो र उक्त टोलीको प्रतिवेदनअनुसार मदन–आश्रितको रगतमा एकै किसिमको केमिकल भेटिएको थियो। जीवराज आश्रितको रगतमा लठ्याउने तत्व पनि भेटिएको थियो जुन केमिकल काठ रङ्ग्याउन प्रयोग गरिन्छ। दुबै रगतमा पाइएको केमिकल दिमागलाई नै असर पार्ने, मानिस नै बेहोस हुने हुन्छ। बढी भएमा मर्न पनि सक्छ, जुन बजारमा काठ रङ्ग्याउँदा, पेन्टिङ गर्दा प्रयोग हुन्छ। बेलायती उच्च अस्पतालको प्रतिवेदनको गम्भीर प्राविधिक अनुसन्धानको आवश्यकता रहेको पनि तुलाधर र अन्य आयोगले सुझाएका थिए तर त्यसपछि कुनै पनि प्रकारको अनुसन्धानको व्यवस्थित काम राज्यस्तरबाट भएन।
०५१ सालको पुस महिनामा नेकपा (एमाले)को सरकार गठन भयो। एमालेको नेपालको इतिहासमा नै सबभन्दा लोकप्रिय नौ महिने सरकार ०५२ सालको भदौ १२ गतेको सर्वाेच्च अदालतको फैसलाले विघटित भयो। सरकारको विघटनमा देशी तथा विदेशी शक्तिको ठूलो चलखेल र एकता प्रकट भयो। एमालेको नौमहिने सरकारपछि मिलिजुली बसौँ बाँडीचुँडी खाऔँ भन्ने उक्तिलाई चरितार्थ गर्ने काम भयो। सम्पूर्ण विकृति र विसङ्गतिहरू सतहमा आए। मदन–आश्रित हत्याकाण्ड फेरि एमालेकै विरुद्धमा गम्भीर योजनाका साथ प्रचारमा ल्याइयो। सम्पूर्ण षड्यन्त्रकारी शक्तिहरू उक्त काण्डलाई एमालेको विरुद्धमा नै प्रयोग गर्न कम्मर कसेर लागे। 'शरीरको मासु, सिङको अचानो' बनाउन षड्यन्त्रकारी शक्तिलाई सफलता मिल्यो। एमालेको विभाजनको एक महत्वपूर्ण मुद्धाका रूपमा मदन–आश्रित हत्याकाण्ड र महाकाली सन्धिलाई बनाइयो। त्यस समयमा टीएन प्रधान र रमेश प्रधानहरू नेपाली छापाहरूमा अकस्मात तर योजनाबद्ध रूपमा प्रकट गराइए। नेकपा (माओवादी)को मुखपत्रका रूपमा रहेको 'जनादेश' साप्ताहिक ०५४ साल मंसिर १७ गतेको अङ्कमार्फत टीएन प्रधान झुल्किए, 'महाकाली प्याकेज र सन्धि अनुमोदन रहस्य लेखमार्फत'। त्यसपछि 'मदन भण्डारी हत्याबारे थप तथ्य', जनादेश ०५४ मंसिर २४ गते टीएन प्रधान दार्जिलिङ, रमेश प्रधान इलाम, 'मदन भण्डारी हत्याबारे थप तथ्य'– टीएन प्रधान कालिङ्पोङ दार्जिलिङ, २०५४ पुस १ गते जनादेश, 'पहिले हाम्रो भनाइ अनि मदन भण्डारी' टीएन प्रधान/रमेश प्रधान, ०५४ पुस ८ जनादेश, 'मदन–आश्रित हत्या र 'र' को रिपोर्टबारे हाम्रो भनाइ', नारायण शर्मा, सम्पादक जनादेश, ०५४ पुस १५, 'अब मैले बोल्नै पर्यो,', टीएन प्रधान, जनादेश, ०५४ पुस २९ र 'यो मेरो सानो भनाइ', रमेश प्रधान जनादेश, ०५४ माध ७ मा लगातार लेखहरू प्रकाशित भए। ती लेखमा मदन–आश्रितको हत्यामा माधव नेपाल र केपी ओलीको संलग्नता रहेको भन्ने उपन्यास शैलीका विवरण छापिएको छन्। नेकपा (एमाले)को छैटौँ राष्ट्रिय महाधिवेशन ०५४ साल माघ १२―१८ नेपालगञ्जमा सम्पन्न हुँदै थियो। माघ ७ गतेसम्म 'जनादेश'मा छापिएका टीएन प्रधान र रमेश प्रधानका धाराबाहिक लेख, विभिन्न आयोगका प्रतिवेदनको सार, 'पृष्ठभूमि' साप्ताहिकमा छापिएका राजन जोशीका टीएन प्रधानहरूका लेखलाई समर्थन गरिएका लेखहरू, 'महिमा' साप्ताहिकमा छापिएका रमेशराज आचार्य दादाका लेख, टीएनहरूलाई नै समर्थन गरी प्रकाशित जनआस्थाको समाचार र 'सौर्य' साप्ताहिकमा छापिएको खगेन्द्रराज सिटौलाको लेखका साथै बेलाबखतको कुरा स्तम्भमा 'र' को बिगबिगी र देशभक्तहरूको दायित्व' शीर्षकको बाबुराम भट्टराईको लेखको साथै भक्तबहादुर श्रेष्ठ, सीपी मैनाली, वामदेम गौतम, केपी ओली, पद्मरत्न तुलाधर र नारायण शर्माको प्रतिक्रियासमेत समेटिएको पुस्तिका गोपाल सिवाकोटी 'चिन्तन' र जनक पाठकले प्रकाशित गरे। उक्त पुस्तिका नेपालगञ्जको एमाले महाधिवेशन परिसरमा हजारौँको सङ्ख्यामा बिक्रीवितरण गरियो। भीषण विवादको सामना गर्दै एमालेको छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। ०५४ साल फागुन २१ गते सहिद दिवसको दिन पारेर एमालेको विभाजन गरियो र नेकपा (माले)को जन्म भयो। एमालेका नेता/कार्यकर्ता पङ्क्तिमा कटुता र विभाजन ल्याउनमा टीएन प्रधान/रमेश प्रधानका जनादेशका धाराबाहिकले निकै ठूलो भूमिका खेल्यो। एमालेको विभाजनपछि टीएन प्रधानहरू एकाएक गायब भए। माले र एमालेका बीचमा महाभारत युद्ध भन्दा जटिल सङ्घर्ष भयो। एमालेको विभाजनलाई अधिकतम् रूपमा उपयोग गर्न सकिने निष्कर्षका साथ मध्यावधि निर्वाचनको घोषणा भयो। नेकपा (एमाले)ले इतिहासले ल्याएको कठिन चुनौतीलाई दृढताको साथ सामना गर्यो र आफूलाई जनताको बीचमा स्थापित गरायो।
०५६ सालमा भएको निर्वाचनको कठिन प्रतिस्पर्धाको घडीमा फेरि टीएन/रमेश प्रधानहरू प्रकट भए। एमालेको विभाजनबाट निर्मित मालेले एमालेका नेताहरूका विरुद्धमा महाकाली सन्धि र मदन–आश्रितको हत्याकाण्डलाई खुबै प्रचार गरे। त्यही समयमा मालेको मुखपत्रका रूपमा प्रकाशित हुदै गरेको 'नयाँ निष्कर्ष' मासिक ०५६, जेठ अङ्कमा पुनः टीएन प्रधान उदाए। छद्म नाममै छापाहरूमा लेखिरहने टीएन प्रधान आफ्नो फोटोसहितको परिचय लिएर 'नयाँ निष्कर्ष' मासिकमा उदाए, 'केपी―माधवको 'र' सँग सम्पर्क र दासढङ्गा हत्याकाण्ड' शिर्षकको लेखमार्फत। यिनै हुन्, टीएन प्रधान शीर्षकको ठीक तल टीएन प्रधानको फोटो छापियो। बक्समा टीएन प्रधानको परिचय यसरी दिइयो– नाम: तीर्थनारायण प्रधान (टीएन प्रधान), जन्म: सन् १९३९ जुलाई ६ तारिख दार्जिलिङ, माताः मनकुमारी प्रधान, पिता: स्व.जगतनारायण प्रधान, शिक्षा: सन् १९५७ मा दार्जिलिङ पब्लिक स्कुलबाट म्याटि्रक, सन् १९६३ मा ल्यचतज द्यबलनब िगलष्खभचकष्तथ द्ययनमनचब बाट डिप्लो, सन् १९६४ अगष्ट २४ मा ग्राम पञ्चायतको सिफारिसमा जागिरमा भर्ना, सन् १९८५ मा राजिव गान्धीद्वारा काम राम्रो गरेबापत् मेडल, सन १९८८ मा काठमाडौँ (भारतीय राजदूतावास), सन् १९९६ जुन १ मा काठमाडौँबाट रिटायर्ड । घटना अनुसन्धान स्तम्भमा छापिएको तीर्थनारायण प्रधानको नाममा प्रकाशित उक्त लेखको सुरुआतमा लेखिएको छ, 'एमालेको महाधिवेशनताका दासढुङ्गाको बारेमा लेख्दा एमाले फुटाउने चाल भनेर धेरैले रिपोर्टहरू लेखे। आखिर एमाले फुटेपछि हामीले लेखेनौँ। किन त? हामीले नेपाली जनताले उनीहरूका नेतालाई कत्तिको माया गर्दा रहेछन् भनेर हेर्यौँ। अर्कातिर, हामी त्यसबेला नेपालमा थिएनौँ। रमेशजी त अहिले पनि बाहिरै हुनुहुन्छ।' अगाडि लेखिएको छ, 'जसले जेसुकै भनून, संवेदनशील अवस्थामा तथ्य लेख्दा धेरै अर्थ बोक्ने हुन्छ। हामीले राष्ट्रिय महत्व नबोक्ने प्रसङ्गबारे लेख्दा सबैले बिर्सिदिन्छन्। म सन् १९८८ देखि काजमा रही १९९० नोभेम्बर २७ तारिखमा नई दिल्लीको गृह मन्त्रालयबाट काठमाडौँको भारतीय फौजीको स्थल डिभिजनका एएल त्रिपाठी पनि काठमाडौँ आएका थिए। भाडाको घर फरक भए पनि हामी लाजिम्पाटमा बस्ने गर्थ्याै। मसँग नेपालको नागरिकता छैन तर नेपाली हुँ। नेपालको बारेमा चासो राख्नु म दोष देख्दिनँ। यही भएर र भारतको पञ्जाको अलिकति ख्याल भएर मैले पत्रिकामा खबरहरू छपाएको हुँ। म नेपालको माले पार्टीसँग नजिक छैन। म नेपाली मूलको हुँ तर नेपालको बासिन्दा भएको प्रमाण नभएपछि कसको नजिक हुन सकिन्छ? म खुलस्त भन्छु, आजभोलि सुवास घिसिङ र योगी नरहरिनाथभन्दा गतिलो नेता गोरखाली (नेपाली) जातिमा देखेको छैन।' उक्त लेखमा विगतमा टीएन प्रधान र रमेश प्रधानको नाममा 'जनादेश' पत्रिकामा छापिएका धाराबाहिकलाई उटालपुटाल पारेर लामो विवरण लेखिएको छ। जुन तल्कालीन महासचिव माधव नेपाल र केपी ओलीको विरुद्धमा मुख्य रूपमा केन्द्रित छ। निर्वाचनको मुखमा माधव नेपाल र केपी ओलीलाई हराउने उद्देश्यले प्रकाशित भएको उक्त लेख छापिएको नयाँ निष्कर्ष मासिक तत्कालीन मालेले देशव्यापी प्रचार सामग्रीका रूपमा जनताको बीचमा वितरण गर्योे। माधव नेपाल र केपी ओली दुबै जना दुई–दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भए। एमालेले फुटको बाबजुद ६९ सिटमा विजय हासिल गर्योल र ४२ वटा निर्वाचन क्षेत्रमा १ हजारभन्दा कम मतको अन्तरमा पराजय भोग्यो। मालेले एक सिट पनि जित्न सकेन। यस्तो कपोकल्पित प्रचार सामग्रीले मतदातालाई कति असर गर्योा होला त्यसको लेखाजोखा कसैले गरेको छैन।
निर्वाचन सकिएपछि 'नयाँ निष्कर्ष' मासिकमा 'यिनै हुन टीएन प्रधान' भनी छापिएको फोटो भारतीय वरिष्ठ पत्रकार तथा सांसद कुलदीप नयरको हो भनेर प्रमाणसहित फोटो पत्रकार उषा तिवारीले पत्रकार सम्मेलन नै गरिन् र उनले चुनौती दिइन्, 'यो फोटो टीएन प्रधानको हो भनेर कसले प्रमाणित गर्न सक्छ? यो फोटो कुलदीप नयरको हो भन्ने प्रमाण मसँग छ' भनेर आफूसँग भएको दोस्रो फोटो सार्वजनिक गरिन्। उनले भनिन्, 'म र पत्रकार गणेश खत्री भारत गएको समयमा कुलदीप नयरसँगको भेटको समयमा यो फोटो मैले खिचेकी थिएँ। यसको एक प्रति गणेश खत्रीसँग थियो र एकप्रति मसँग छ भनेर फोटो देखाइन्। त्यसपछि नयाँ निष्कर्ष मासिकका सम्पादक हरिहर पोखरेल र प्रधान सम्पादक गुणराज लुइँटेल 'स्मित'ले टीएन प्रधान प्रकरणको सम्पूर्ण पर्दा उघार्ने गरी पत्रकार सम्मेलन गरे। ०५६ साल भदौ १४ गते गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ, 'नयाँ निष्कर्ष मानिसको जेठ अङ्क निकै चर्चा र टिप्पणीको विषय बन्यो। विशेषतः त्यस अङ्कमा प्रकाशित टीएन प्रधान (तीर्थनाराण प्रधान) नामक व्यक्तिको लेख र फोटोलाई लिएर विविध अड्कलबाजीहरू भए। टीएन प्रधानको भनिएको फोटो भारतका पत्रकार तथा सांसद कुलदीप नयरको हो भन्ने तथ्य खुले तापनि विगत ३ वर्षदेखि टीएन प्रधानका नाममा कसले भ्रमपूर्ण लेखहरू लेखिरहेको छ भन्ने कुरा अझै खुलेको छैन। यस विषयमा सही कुरा सुसूचित गर्नु हामंो पनि दायित्व भएको महसुस हामीले गरेका छौँ। त्यसको अगाडि भनिएको छ, 'नेकपा (माले)निकट 'नयाँ निष्कर्ष' मासिक आमचुनावको पूर्वसन्ध्यामा ०५५ चैतदेखि प्रकाशन हुन थालेको हो। हामीले यसको सम्पादन क्षेत्र हेर्दै आएका थियौँ। चुनावको ठिक मुखमा प्रकाशित जेठ अङ्कमा चुनावी रणनीतिलाई समेत मध्यनजर राखेर नेकपा (माले) केन्द्रीय निर्वाचन परिचालन कमिटीले टीएन प्रधानको नाममा दासढुङ्गा हत्याकाण्डसम्बन्धी सामग्री छाप्न पठायो। सो सामग्रीमा विशेषतः एमालेका महासचिव माधव नेपाल र नेता खड्ग ओलीका बारेमा विविध लान्छनायुक्त र शङ्कास्पद कुराहरू उल्लेख थियो। हामी नेकपा (माले)को सङ्गठित सदस्यसमेत भएको नाताले यस्तो सामग्री छाप्दा यसले जनमानसमा पार्टीको छवि धुमिल हुनसक्छ भन्ने सुझाव दियौँ। तर, नछापी नहुने स्थिति खडा भयो। हामीले टीएन प्रधानको फोटोसहित छाप्दा समाचार प्रभावकारी हुने सुझाव दिएपछि गणेश खत्रीमार्फत एउटा फोटो उपलब्ध गराइयो। हामीले त्यतिन्जेलसम्म न त टीएन प्रधानलाई नै चिनेका थियौँ, न त भारतीय पत्रकार कुलदीप नयरलाई नै । त्यसैले सो व्यक्ति टीएन नै हो भनेर फोटोसहित सामग्री प्रकाशित गरियो। पार्टी केन्द्रीय कार्यालयले १५ सय प्रति पत्रिका झिकायो र पार्टीको छाप लगाएर प्रचार प्रसारका लागि स्टोर विभागका प्रमुख गोपाल देवकोटालाई रेकर्ड राख्न लगाएर तल्ला कमिटीहरूमा चाँडोचाँडो पठाउने काम भयो।' सो विज्ञप्तिमा अगाडि भनिएको छ, '.....यो प्रकरणमा तत्कालीन फरक मतका प्रभावाशाली नेता सीपी मैनालीको नेतृत्वमा एमाले र नेतृत्वदायी व्यक्तित्वहरूको चरित्रहत्या गरी जनविश्वास ध्वस्त पार्न विविध प्रचार प्रसार गर्ने उद्देश्यले एक गोप्य टोली सक्रिय भएको र त्यस टोलीका सदस्यहरूमा फरक मतका नेताहरू केशवलाल श्रेष्ठ, त्रिलोचन ढकाललगायत रहेको पाइयो। ....उहाँहरूले आफ्नो 'मिसन' सफल पार्न पूर्व प्रम मरिचमान सिंह श्रेष्ठ, गणेश खत्रीलगायतका व्यक्तिलाई प्रयोग गरेको पाइयो। .....अहिले हामीलाई फोटो गल्ती छापिएछ, लेख ठिक छ भन्ने वक्तव्य निकाल्न र गोप्यता कामय गर्दै टीएन प्रधानका लेखहरूलाई निरन्तरता दिन दबाब आइरहेको छ। तर, यस्तो झुट, निराधार र निहीत स्वार्थबाट सञ्चालित क्रियाकलापलाई थप प्रोत्साहन दिने पक्षमा हामी छैनौ।' 'नयाँ निष्कर्ष' मासिकका सम्पादक तथा प्रधानसम्पादकले सोही मितिबाट मालेको सदस्यताबाट राजीनामा गरेका थिए। उनीहरू हाल कहाँ के गरिरहेका छन्, चर्चामा छैनन्।
टीएन प्रधानका धाराबाहिकहरूको मुख्य उद्देश्य माधव नेपाल र केपी ओलीलाई राजनीतिक रूपमा समाप्त पार्नु थियो भन्ने कुरा बुझ्न माथिका प्रमाण प्रयाप्त नै छन्। ती धाराबाहिकमा एमाले नेता ईश्वर पोखरेल, प्रदीप नेपाल, विद्यादेवी भण्डारी, मोदनाथ प्रश्रित, गुरु बराल, वंशीधर मिश्रलाई विभिन्न प्रसङ्गमा जोडिएको छ। त्यसैगरी, तत्कालीन काङ्ग्रेस नेता जयप्रकाश गुप्ता, राप्रपा नेता रवीन्द्रनाथ शर्मा, काङ्गे्रस नेता अर्जुननरसिंह केसी, पत्रकार योगेश उपाध्याय, शम्भु श्रेष्ठ, बोधराज त्रिपाठी, उद्योगपति राजेन्द्र खेतान तथा अन्य परिचय नखुलेका डा. हरिवंश झा, प्रकाश ए राज, रमानन्द मित्तल र राजेन्द्र गुप्ता तथा मानवअधिकारवादी सुशील प्याकुरेललाई पनि विभिन्न प्रसङ्गमा जोडिएको देखिन्छ। टीएन प्रधानका धाराबाहिकका असली व्यक्तिहरू अहिले पनि जीवित छन्। उनीहरू किन टीएन प्रधान भएर आए? हत्याको अभियोग एमालेकै नेताहरूलाई लगाएर उनीहरूले के गर्न खोजेका थिए? यी धारावाहिकलाई सार्वजनिक गर्न 'जनादेश' पत्रिका किन राजी भयो? त्यसका सम्पादक नारायण शर्माले 'तथ्यमा आधारित सत्यका नजिक भनी' छापिएका लेखहरू नक्कली भन्ने प्रमाणित भइसकेपछि उनी र माओवादीद्धारा सञ्चालित पत्रिका किन मौन बस्यो? पत्रकार गणेश खत्रीले नै 'रविवार' साप्ताहिकमा 'आफूलाई सबै मानिसले सहजै चिन्न नसकिने फोटो चाहियो भनी सीपी मैनाली, केशवलाल र त्रिलोचनले मागेपछि आफूसँग भएको कुलदीप नयरको फोटो दिएको र भारतीय जासुसहरूको नामको पनि आफैँले उपलव्ध गराएको साथै त्यही फोटो र आफूले उपलब्ध गराएको जासुसको नामहरूसँग कथा बनाएर जनादेशमा टीएन प्रधान/रमेश प्रधानका नाममा छापिएको' सार्वजनिक गरिसक्दा पनि किन त्यससँग सम्बन्धित व्यक्ति चुप छन्? यति ठूलो षड्यन्त्रमा तत्कालीन माले किन सामेल भयो? दासढुङ्गा हत्याकाण्डका जीवत साक्षी अमर लामालाई काङ्गे्रसले आफ्नो सांस्कृतिक विभावको जिम्मेवारीमा किन पुर्याभयो र पछि निजको हत्या राजा ज्ञानेन्द्रको शासनकालमा फिल्मी शैलीले हुँदा किन गम्भीरताका साथ लिइएन? नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालको नेतृत्वको सरकारले दासढुङ्गा हत्याकाण्डका यी तथ्यहरूमाथि टेकेर उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरी सत्य–तथ्य जनसमक्ष ल्याउने काम गर्नु आवश्यक छ। यस वर्षको मदन–आश्रित स्मृति दिवस र मदन भण्डारी जन्मोत्सवको समयमा दासढुङ्गा हत्याकाण्डको छानबिन हुने नेताहरूको अभिव्यक्ति सार्वजनिक भइसकेको तथ्यलाई समेत स्मरण गराउन चाहन्छु।
श्रोत्:- वीक्लीनेपाल डट्कम
Read more >>