Mar 5, 2010

आज धेरै समयभै सकेछ Blog मा केही लेख्न नपाएको ।समय र परिस्थिती सँग सबैले सम्झौता गर्ने पर्ने भएकोले पनि यस्तो हुन गएको हो भन्ने मेरो ठम्याइ साथै केही मात्रामा म आफ्नो कम्जोरी नै ठान्दछु ।


लगतार १२ घण्टाको काम त्यस्मा छुट्टी नपाउने समस्या र कम्प्युटर चलाऊने सुबिधा नभएको यो आर्मी बेस् क्याम्प भएको हुनाले सुरक्षाको कारण देखाइ आफुसङ भएको कम्प्युटर् पनि अफिसमा नै राख्नु पर्ने बाध्यताले गर्दा समयमा लेख्न नपाउने समस्या त एका तिर छदैछ।त्यसमा हामि सानो पदमा बसेर काम गर्नेहरुलाइ प्रत्यक्ष रुपमा असर पर्दो रहेछ।

ब्लग् बिधामा धेरै चाख भएपनि यिनै समस्याले गर्दा आफ्नो भएको ब्लग् लाइ पनि साज् सज्ज साथै केहि आफ्ना मनका कुरा लेखेर राख्न् पनी सकिएको छैन अब देखि   नियमित् रुपमा आउने र केहि लेख्ने जमर्को गर्नेछु हेरौं समयले कतिको साथ दिने रहेछ।

Aug 2, 2009

दासढुङ्गा हत्याकाण्ड्का केहि तथ्यहरु- कर्णबहादुर थापा

१७-साउन-२०६६,शनिवार


२०५० साल जेठ ३ गते ५.३० बजेकेा समयमा चितवनको दासढुङ्गामा जननेता मदन भण्डारी र जीवराज आश्रित चढेको गाडी चालक अमर लामाले दुर्घटना गराई त्रिशुली नदीमा हाल्ने काम गरे। उक्त घटनामा नेपाली राजनीतिमा सफलताको शिखर चढिरहेका मदन भण्डारी र उहाँका समकालीन नेता जीवराज आश्रितको अवसान भयो। घटना भएको १६ वर्ष बितिसक्दा पनि उक्त घटनाका बारेमा प्रारम्भमा जुन जुन प्रकारका मान्यताहरू थिए, अहिले पनि आधारभूत रूपमा नेपाली समाजमा पुरानै मान्यताहरू विद्यमान छन्। घटनालाई हेर्ने, बुझ्ने र विश्लेषण गर्ने कुरामा भीषण विवाद र बहुधु्र्रवको स्थिति रहेकै भए पनि त्यो घटना वर्षमा १ पटक मदन–आश्रित स्मृति दिवसको समयमा सामान्य चर्चामा मात्रै सीमित रहने गरेको छ। दासढुङ्गा हत्याकाण्ड जनताको विष्मृतिमा जाने हो कि भन्ने चिन्ताको विषय भएको छ। यति ठूलो घटनालाई यति छिट्टै बिर्सने गल्ती गर्नु नेपालको लोकतन्त्रको विकासका लागि अहितकर हनेछ भन्ने मान्यताका आधारमा त्यो हत्याकाण्डका केही तथ्यहरूलाई जनसमक्ष राख्नु उचित ठानेको छु।

दासढुङ्गा हत्याकाण्ड भएको समयमा गिरिजाप्रसाद कोइराला नेपालको प्रधानमन्त्री थिए र गृहमन्त्री शेरबहादुर देउवा थिए। पोखराबाट नारायणगढतर्फ जाँदै गरेको गाडी दासढुङ्गा भन्ने ठाउँमा पुग्दा त्रिशुली नदीमा खसालिएको थियो। जेठ ३ गते ५.३० बजेतिर घटना भएको थियो। त्यो घटनामा सबैभन्दा पहिले स्थानीय बासिन्दा र सेनाको उद्धार टोली पुगेको थियो। राती १० को समयअगावै गाडी खसालिएको भुमरीमा गाडि रहेको स्थान पत्ता लगाइसकिएको थियो। सेनाका जवानहरूले पानीभित्रै गएर गाडीलाई सिक्रीले बाँधेका थिए। उद्धारमा संलग्न सेनाका जवान, स्थानीय बासिन्दा र पार्टी कार्यकर्ताहरू रातभरिजसो रनभुल्लमा परेका थिए। त्यस समयमा दासढुङ्गा लगभग निर्जन ठाउँ नै थियो। त्यहाँ कुनै पनि किसिमको उज्यालोको व्यवस्था थिएन। टेलिफोन सेवा नभएको हुनाले खबर आदान–प्रदान पनि हुन सक्दैनथ्यो। गाडीलाई पानीबाट बाहिर ल्याउने क्रेनको व्यवस्था सयममै हुन सकेन। भोलिपल्ट ८ बजे मात्रै हेटौँडाबाट क्रेन आइपुग्यो। तल्कालीन सरकार उद्धारमा भन्दा बढी जनआक्रोशबाट बच्ने उपायको खोजीमै तल्लीन रहेको पाइयो। तर, सरकारका कामले जनआक्रोशलाई झनै बढवा दिने काम गर्योे। घटनाका सम्बन्धमा छानबिन गर्न प्रचण्डराज अनिलको एक सदस्यीय आयोग सरकारले तुरुन्तै घोषणा गर्न जति सक्रियता देखायो, उद्धार र घटना स्थलको सुरक्षा र अनुसन्धानको पाटोमा सरकारको ध्यान गएन। जसका कारण तल्कालीन एमालेका अध्यक्ष मनमोहन अधिकारीलाई समेत लिएर हेलिकप्टरमा दासढुङ्गा पुगेका शेरबहादुर देउवा जनताको विरोधका कारण घटनास्थलमा ओर्लन पनि सकेनन्। सरकारद्धारा गठन गरिएको आयोग प्रायोजित भएको आशङ्का अधिकांशले गरे। जनस्तरमा पद्मरत्न तुलाधरको संयोजकत्वमा आयोग बन्यो भने केपी ओलीको संयोजकत्वमा पार्टीको आयोग पनि बन्यो। घटनास्थलमा पुग्ने जो कोही पनि उक्त घटनालाई सामान्य गाडी दुर्घटनाका रूपमा स्वीकार गर्न सक्दैनथे किनकि त्यो सामान्य गाडी दुर्घटना हुने ठाउँ नै थिएन। सङ्केतका रूपमा राखिएका बालुवाका तीन विशिष्ठ प्रकारका चिह्नलाई पछ्याउँदै विस्तारै त्रिशुलीतिर मोडिएको गाडी, बायाँबाट अकस्मात दाँयातिर गएको गाडीको चक्काको डाम, सँगैको सिटमा बसेका दुई नेतामध्ये उद्धार गरिएको गाडीमा आश्रितको मात्रै लास भेटिनु, चालक अमर लामा पानीमा पनि नखस्नु जस्ता नाङ्गो आँखाले देखिने तथ्यले सामान्य गाडी दुर्घटना भनेर कसैले पत्याउन सक्दैनथ्यो तर तल्कालीन सरकार र केही शक्ति र व्यक्तिहरू भने सामान्य गाडी दुर्घटना प्रमाणित गर्न आफ्नो सम्पूर्ण शक्तिका साथ क्रियाशील थिए। त्यसैको परिणाम नै भन्नुपर्दछ सरकारबाट गठित अनिल आयोगले चालक अमर लामाको लापरबाहीले गाडी दुर्घटना भएको र यो घटना नियोजित हत्याकाण्ड नभएको निष्कर्ष सार्वजनिक गर्यो। तर, जनस्तरमा गठित तुलाधर आयोग र पार्टीद्वारा गठित ओली आयोगले भने यो नियोजित हत्याकाण्ड भएको निष्कर्ष निकाल्यो र थप अनुसन्धानका लागि विशेषज्ञ समेत भएको उच्चस्तरीय आयोगको आवश्यकता औँल्यायो।

अनिल आयोगले प्रतिवेदन सार्वजनिक गर्नेबित्तिकै नेकपा (एमाले)ले आयोगको प्रतिवेदनलाई अस्वीकार गर्योय र सर्वाेच्च अदालतका बहलवाला न्यायाधीशको अध्यक्षतामा विशेषज्ञहरू समेतको संलग्नतामा अधिकारसम्पन्न आयोगको माग गर्दै सङ्घर्षको थालनी गर्योअ। तत्कालीन सरकारले घटनाको छानबिन गर्नका लागि गरिएको मागलाई अस्वीकार मात्रै गरेन, सङ्घर्षमा उत्रेका जनतामाथि व्यापक दमनमा उत्रियो। नेकपा (एमाले)को अगुवाइमा जनताको ठूलो सहभागिता रह्यो र दुई महिनासम्म देशव्यापी आन्दोलन भयो। यो क्रममा हजारौँको गिरफ्तारी, धरपकड, अङ्गभङ्ग गर्ने काम त भयो नै, २५ जनाले साहदत प्राप्त गरे। त्यसपछि मात्रै सर्वाेच्च अदालतका तत्कालीन न्यायाधीश त्रिलोकप्रताप राणाको अध्यक्षतामा प्राध्यापक हर्षनारायण धौवडेल र विपुलेन्द्र चक्रवर्ती सदस्य रहेको छानबिन आयोग बन्यो। छानबिन आयोगको गठनको मागका लागि मात्रै यति ठूलो बलिदान सायद नेपालको इतिहासमा पहिलोपटक नै भएको होला। उक्त आयोगले त्यसअघिका आयोगले दिएका प्रतिवेदनको अध्ययन गरेर घटनाको विवरणलाई निकै राम्रो गरी सङ्ग्रह गर्यो तर किटानी निचोड निकाल्ने काम गरेन। मदन आश्रितको भिसेरा जाँच बेलायतको 'एल्डर मस्टन फोरेन्सिक ल्याब'मा भएको थियो। डा. हम्फ्रेलगायत ९ जनाको टोलीले 'भिसेरा परीक्षण' गरेको थियो र उक्त टोलीको प्रतिवेदनअनुसार मदन–आश्रितको रगतमा एकै किसिमको केमिकल भेटिएको थियो। जीवराज आश्रितको रगतमा लठ्याउने तत्व पनि भेटिएको थियो जुन केमिकल काठ रङ्ग्याउन प्रयोग गरिन्छ। दुबै रगतमा पाइएको केमिकल दिमागलाई नै असर पार्ने, मानिस नै बेहोस हुने हुन्छ। बढी भएमा मर्न पनि सक्छ, जुन बजारमा काठ रङ्ग्याउँदा, पेन्टिङ गर्दा प्रयोग हुन्छ। बेलायती उच्च अस्पतालको प्रतिवेदनको गम्भीर प्राविधिक अनुसन्धानको आवश्यकता रहेको पनि तुलाधर र अन्य आयोगले सुझाएका थिए तर त्यसपछि कुनै पनि प्रकारको अनुसन्धानको व्यवस्थित काम राज्यस्तरबाट भएन।

०५१ सालको पुस महिनामा नेकपा (एमाले)को सरकार गठन भयो। एमालेको नेपालको इतिहासमा नै सबभन्दा लोकप्रिय नौ महिने सरकार ०५२ सालको भदौ १२ गतेको सर्वाेच्च अदालतको फैसलाले विघटित भयो। सरकारको विघटनमा देशी तथा विदेशी शक्तिको ठूलो चलखेल र एकता प्रकट भयो। एमालेको नौमहिने सरकारपछि मिलिजुली बसौँ बाँडीचुँडी खाऔँ भन्ने उक्तिलाई चरितार्थ गर्ने काम भयो। सम्पूर्ण विकृति र विसङ्गतिहरू सतहमा आए। मदन–आश्रित हत्याकाण्ड फेरि एमालेकै विरुद्धमा गम्भीर योजनाका साथ प्रचारमा ल्याइयो। सम्पूर्ण षड्यन्त्रकारी शक्तिहरू उक्त काण्डलाई एमालेको विरुद्धमा नै प्रयोग गर्न कम्मर कसेर लागे। 'शरीरको मासु, सिङको अचानो' बनाउन षड्यन्त्रकारी शक्तिलाई सफलता मिल्यो। एमालेको विभाजनको एक महत्वपूर्ण मुद्धाका रूपमा मदन–आश्रित हत्याकाण्ड र महाकाली सन्धिलाई बनाइयो। त्यस समयमा टीएन प्रधान र रमेश प्रधानहरू नेपाली छापाहरूमा अकस्मात तर योजनाबद्ध रूपमा प्रकट गराइए। नेकपा (माओवादी)को मुखपत्रका रूपमा रहेको 'जनादेश' साप्ताहिक ०५४ साल मंसिर १७ गतेको अङ्कमार्फत टीएन प्रधान झुल्किए, 'महाकाली प्याकेज र सन्धि अनुमोदन रहस्य लेखमार्फत'। त्यसपछि 'मदन भण्डारी हत्याबारे थप तथ्य', जनादेश ०५४ मंसिर २४ गते टीएन प्रधान दार्जिलिङ, रमेश प्रधान इलाम, 'मदन भण्डारी हत्याबारे थप तथ्य'– टीएन प्रधान कालिङ्पोङ दार्जिलिङ, २०५४ पुस १ गते जनादेश, 'पहिले हाम्रो भनाइ अनि मदन भण्डारी' टीएन प्रधान/रमेश प्रधान, ०५४ पुस ८ जनादेश, 'मदन–आश्रित हत्या र 'र' को रिपोर्टबारे हाम्रो भनाइ', नारायण शर्मा, सम्पादक जनादेश, ०५४ पुस १५, 'अब मैले बोल्नै पर्यो,', टीएन प्रधान, जनादेश, ०५४ पुस २९ र 'यो मेरो सानो भनाइ', रमेश प्रधान जनादेश, ०५४ माध ७ मा लगातार लेखहरू प्रकाशित भए। ती लेखमा मदन–आश्रितको हत्यामा माधव नेपाल र केपी ओलीको संलग्नता रहेको भन्ने उपन्यास शैलीका विवरण छापिएको छन्। नेकपा (एमाले)को छैटौँ राष्ट्रिय महाधिवेशन ०५४ साल माघ १२―१८ नेपालगञ्जमा सम्पन्न हुँदै थियो। माघ ७ गतेसम्म 'जनादेश'मा छापिएका टीएन प्रधान र रमेश प्रधानका धाराबाहिक लेख, विभिन्न आयोगका प्रतिवेदनको सार, 'पृष्ठभूमि' साप्ताहिकमा छापिएका राजन जोशीका टीएन प्रधानहरूका लेखलाई समर्थन गरिएका लेखहरू, 'महिमा' साप्ताहिकमा छापिएका रमेशराज आचार्य दादाका लेख, टीएनहरूलाई नै समर्थन गरी प्रकाशित जनआस्थाको समाचार र 'सौर्य' साप्ताहिकमा छापिएको खगेन्द्रराज सिटौलाको लेखका साथै बेलाबखतको कुरा स्तम्भमा 'र' को बिगबिगी र देशभक्तहरूको दायित्व' शीर्षकको बाबुराम भट्टराईको लेखको साथै भक्तबहादुर श्रेष्ठ, सीपी मैनाली, वामदेम गौतम, केपी ओली, पद्मरत्न तुलाधर र नारायण शर्माको प्रतिक्रियासमेत समेटिएको पुस्तिका गोपाल सिवाकोटी 'चिन्तन' र जनक पाठकले प्रकाशित गरे। उक्त पुस्तिका नेपालगञ्जको एमाले महाधिवेशन परिसरमा हजारौँको सङ्ख्यामा बिक्रीवितरण गरियो। भीषण विवादको सामना गर्दै एमालेको छैटौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भयो। ०५४ साल फागुन २१ गते सहिद दिवसको दिन पारेर एमालेको विभाजन गरियो र नेकपा (माले)को जन्म भयो। एमालेका नेता/कार्यकर्ता पङ्क्तिमा कटुता र विभाजन ल्याउनमा टीएन प्रधान/रमेश प्रधानका जनादेशका धाराबाहिकले निकै ठूलो भूमिका खेल्यो। एमालेको विभाजनपछि टीएन प्रधानहरू एकाएक गायब भए। माले र एमालेका बीचमा महाभारत युद्ध भन्दा जटिल सङ्घर्ष भयो। एमालेको विभाजनलाई अधिकतम् रूपमा उपयोग गर्न सकिने निष्कर्षका साथ मध्यावधि निर्वाचनको घोषणा भयो। नेकपा (एमाले)ले इतिहासले ल्याएको कठिन चुनौतीलाई दृढताको साथ सामना गर्यो र आफूलाई जनताको बीचमा स्थापित गरायो।

०५६ सालमा भएको निर्वाचनको कठिन प्रतिस्पर्धाको घडीमा फेरि टीएन/रमेश प्रधानहरू प्रकट भए। एमालेको विभाजनबाट निर्मित मालेले एमालेका नेताहरूका विरुद्धमा महाकाली सन्धि र मदन–आश्रितको हत्याकाण्डलाई खुबै प्रचार गरे। त्यही समयमा मालेको मुखपत्रका रूपमा प्रकाशित हुदै गरेको 'नयाँ निष्कर्ष' मासिक ०५६, जेठ अङ्कमा पुनः टीएन प्रधान उदाए। छद्म नाममै छापाहरूमा लेखिरहने टीएन प्रधान आफ्नो फोटोसहितको परिचय लिएर 'नयाँ निष्कर्ष' मासिकमा उदाए, 'केपी―माधवको 'र' सँग सम्पर्क र दासढङ्गा हत्याकाण्ड' शिर्षकको लेखमार्फत। यिनै हुन्, टीएन प्रधान शीर्षकको ठीक तल टीएन प्रधानको फोटो छापियो। बक्समा टीएन प्रधानको परिचय यसरी दिइयो– नाम: तीर्थनारायण प्रधान (टीएन प्रधान), जन्म: सन् १९३९ जुलाई ६ तारिख दार्जिलिङ, माताः मनकुमारी प्रधान, पिता: स्व.जगतनारायण प्रधान, शिक्षा: सन् १९५७ मा दार्जिलिङ पब्लिक स्कुलबाट म्याटि्रक, सन् १९६३ मा ल्यचतज द्यबलनब िगलष्खभचकष्तथ द्ययनमनचब बाट डिप्लो, सन् १९६४ अगष्ट २४ मा ग्राम पञ्चायतको सिफारिसमा जागिरमा भर्ना, सन् १९८५ मा राजिव गान्धीद्वारा काम राम्रो गरेबापत् मेडल, सन १९८८ मा काठमाडौँ (भारतीय राजदूतावास), सन् १९९६ जुन १ मा काठमाडौँबाट रिटायर्ड । घटना अनुसन्धान स्तम्भमा छापिएको तीर्थनारायण प्रधानको नाममा प्रकाशित उक्त लेखको सुरुआतमा लेखिएको छ, 'एमालेको महाधिवेशनताका दासढुङ्गाको बारेमा लेख्दा एमाले फुटाउने चाल भनेर धेरैले रिपोर्टहरू लेखे। आखिर एमाले फुटेपछि हामीले लेखेनौँ। किन त? हामीले नेपाली जनताले उनीहरूका नेतालाई कत्तिको माया गर्दा रहेछन् भनेर हेर्यौँ। अर्कातिर, हामी त्यसबेला नेपालमा थिएनौँ। रमेशजी त अहिले पनि बाहिरै हुनुहुन्छ।' अगाडि लेखिएको छ, 'जसले जेसुकै भनून, संवेदनशील अवस्थामा तथ्य लेख्दा धेरै अर्थ बोक्ने हुन्छ। हामीले राष्ट्रिय महत्व नबोक्ने प्रसङ्गबारे लेख्दा सबैले बिर्सिदिन्छन्। म सन् १९८८ देखि काजमा रही १९९० नोभेम्बर २७ तारिखमा नई दिल्लीको गृह मन्त्रालयबाट काठमाडौँको भारतीय फौजीको स्थल डिभिजनका एएल त्रिपाठी पनि काठमाडौँ आएका थिए। भाडाको घर फरक भए पनि हामी लाजिम्पाटमा बस्ने गर्थ्याै। मसँग नेपालको नागरिकता छैन तर नेपाली हुँ। नेपालको बारेमा चासो राख्नु म दोष देख्दिनँ। यही भएर र भारतको पञ्जाको अलिकति ख्याल भएर मैले पत्रिकामा खबरहरू छपाएको हुँ। म नेपालको माले पार्टीसँग नजिक छैन। म नेपाली मूलको हुँ तर नेपालको बासिन्दा भएको प्रमाण नभएपछि कसको नजिक हुन सकिन्छ? म खुलस्त भन्छु, आजभोलि सुवास घिसिङ र योगी नरहरिनाथभन्दा गतिलो नेता गोरखाली (नेपाली) जातिमा देखेको छैन।' उक्त लेखमा विगतमा टीएन प्रधान र रमेश प्रधानको नाममा 'जनादेश' पत्रिकामा छापिएका धाराबाहिकलाई उटालपुटाल पारेर लामो विवरण लेखिएको छ। जुन तल्कालीन महासचिव माधव नेपाल र केपी ओलीको विरुद्धमा मुख्य रूपमा केन्द्रित छ। निर्वाचनको मुखमा माधव नेपाल र केपी ओलीलाई हराउने उद्देश्यले प्रकाशित भएको उक्त लेख छापिएको नयाँ निष्कर्ष मासिक तत्कालीन मालेले देशव्यापी प्रचार सामग्रीका रूपमा जनताको बीचमा वितरण गर्योे। माधव नेपाल र केपी ओली दुबै जना दुई–दुई निर्वाचन क्षेत्रबाट निर्वाचित भए। एमालेले फुटको बाबजुद ६९ सिटमा विजय हासिल गर्योल र ४२ वटा निर्वाचन क्षेत्रमा १ हजारभन्दा कम मतको अन्तरमा पराजय भोग्यो। मालेले एक सिट पनि जित्न सकेन। यस्तो कपोकल्पित प्रचार सामग्रीले मतदातालाई कति असर गर्योा होला त्यसको लेखाजोखा कसैले गरेको छैन।

निर्वाचन सकिएपछि 'नयाँ निष्कर्ष' मासिकमा 'यिनै हुन टीएन प्रधान' भनी छापिएको फोटो भारतीय वरिष्ठ पत्रकार तथा सांसद कुलदीप नयरको हो भनेर प्रमाणसहित फोटो पत्रकार उषा तिवारीले पत्रकार सम्मेलन नै गरिन् र उनले चुनौती दिइन्, 'यो फोटो टीएन प्रधानको हो भनेर कसले प्रमाणित गर्न सक्छ? यो फोटो कुलदीप नयरको हो भन्ने प्रमाण मसँग छ' भनेर आफूसँग भएको दोस्रो फोटो सार्वजनिक गरिन्। उनले भनिन्, 'म र पत्रकार गणेश खत्री भारत गएको समयमा कुलदीप नयरसँगको भेटको समयमा यो फोटो मैले खिचेकी थिएँ। यसको एक प्रति गणेश खत्रीसँग थियो र एकप्रति मसँग छ भनेर फोटो देखाइन्। त्यसपछि नयाँ निष्कर्ष मासिकका सम्पादक हरिहर पोखरेल र प्रधान सम्पादक गुणराज लुइँटेल 'स्मित'ले टीएन प्रधान प्रकरणको सम्पूर्ण पर्दा उघार्ने गरी पत्रकार सम्मेलन गरे। ०५६ साल भदौ १४ गते गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा भनिएको छ, 'नयाँ निष्कर्ष मानिसको जेठ अङ्क निकै चर्चा र टिप्पणीको विषय बन्यो। विशेषतः त्यस अङ्कमा प्रकाशित टीएन प्रधान (तीर्थनाराण प्रधान) नामक व्यक्तिको लेख र फोटोलाई लिएर विविध अड्कलबाजीहरू भए। टीएन प्रधानको भनिएको फोटो भारतका पत्रकार तथा सांसद कुलदीप नयरको हो भन्ने तथ्य खुले तापनि विगत ३ वर्षदेखि टीएन प्रधानका नाममा कसले भ्रमपूर्ण लेखहरू लेखिरहेको छ भन्ने कुरा अझै खुलेको छैन। यस विषयमा सही कुरा सुसूचित गर्नु हामंो पनि दायित्व भएको महसुस हामीले गरेका छौँ। त्यसको अगाडि भनिएको छ, 'नेकपा (माले)निकट 'नयाँ निष्कर्ष' मासिक आमचुनावको पूर्वसन्ध्यामा ०५५ चैतदेखि प्रकाशन हुन थालेको हो। हामीले यसको सम्पादन क्षेत्र हेर्दै आएका थियौँ। चुनावको ठिक मुखमा प्रकाशित जेठ अङ्कमा चुनावी रणनीतिलाई समेत मध्यनजर राखेर नेकपा (माले) केन्द्रीय निर्वाचन परिचालन कमिटीले टीएन प्रधानको नाममा दासढुङ्गा हत्याकाण्डसम्बन्धी सामग्री छाप्न पठायो। सो सामग्रीमा विशेषतः एमालेका महासचिव माधव नेपाल र नेता खड्ग ओलीका बारेमा विविध लान्छनायुक्त र शङ्कास्पद कुराहरू उल्लेख थियो। हामी नेकपा (माले)को सङ्गठित सदस्यसमेत भएको नाताले यस्तो सामग्री छाप्दा यसले जनमानसमा पार्टीको छवि धुमिल हुनसक्छ भन्ने सुझाव दियौँ। तर, नछापी नहुने स्थिति खडा भयो। हामीले टीएन प्रधानको फोटोसहित छाप्दा समाचार प्रभावकारी हुने सुझाव दिएपछि गणेश खत्रीमार्फत एउटा फोटो उपलब्ध गराइयो। हामीले त्यतिन्जेलसम्म न त टीएन प्रधानलाई नै चिनेका थियौँ, न त भारतीय पत्रकार कुलदीप नयरलाई नै । त्यसैले सो व्यक्ति टीएन नै हो भनेर फोटोसहित सामग्री प्रकाशित गरियो। पार्टी केन्द्रीय कार्यालयले १५ सय प्रति पत्रिका झिकायो र पार्टीको छाप लगाएर प्रचार प्रसारका लागि स्टोर विभागका प्रमुख गोपाल देवकोटालाई रेकर्ड राख्न लगाएर तल्ला कमिटीहरूमा चाँडोचाँडो पठाउने काम भयो।' सो विज्ञप्तिमा अगाडि भनिएको छ, '.....यो प्रकरणमा तत्कालीन फरक मतका प्रभावाशाली नेता सीपी मैनालीको नेतृत्वमा एमाले र नेतृत्वदायी व्यक्तित्वहरूको चरित्रहत्या गरी जनविश्वास ध्वस्त पार्न विविध प्रचार प्रसार गर्ने उद्देश्यले एक गोप्य टोली सक्रिय भएको र त्यस टोलीका सदस्यहरूमा फरक मतका नेताहरू केशवलाल श्रेष्ठ, त्रिलोचन ढकाललगायत रहेको पाइयो। ....उहाँहरूले आफ्नो 'मिसन' सफल पार्न पूर्व प्रम मरिचमान सिंह श्रेष्ठ, गणेश खत्रीलगायतका व्यक्तिलाई प्रयोग गरेको पाइयो। .....अहिले हामीलाई फोटो गल्ती छापिएछ, लेख ठिक छ भन्ने वक्तव्य निकाल्न र गोप्यता कामय गर्दै टीएन प्रधानका लेखहरूलाई निरन्तरता दिन दबाब आइरहेको छ। तर, यस्तो झुट, निराधार र निहीत स्वार्थबाट सञ्चालित क्रियाकलापलाई थप प्रोत्साहन दिने पक्षमा हामी छैनौ।' 'नयाँ निष्कर्ष' मासिकका सम्पादक तथा प्रधानसम्पादकले सोही मितिबाट मालेको सदस्यताबाट राजीनामा गरेका थिए। उनीहरू हाल कहाँ के गरिरहेका छन्, चर्चामा छैनन्।

टीएन प्रधानका धाराबाहिकहरूको मुख्य उद्देश्य माधव नेपाल र केपी ओलीलाई राजनीतिक रूपमा समाप्त पार्नु थियो भन्ने कुरा बुझ्न माथिका प्रमाण प्रयाप्त नै छन्। ती धाराबाहिकमा एमाले नेता ईश्वर पोखरेल, प्रदीप नेपाल, विद्यादेवी भण्डारी, मोदनाथ प्रश्रित, गुरु बराल, वंशीधर मिश्रलाई विभिन्न प्रसङ्गमा जोडिएको छ। त्यसैगरी, तत्कालीन काङ्ग्रेस नेता जयप्रकाश गुप्ता, राप्रपा नेता रवीन्द्रनाथ शर्मा, काङ्गे्रस नेता अर्जुननरसिंह केसी, पत्रकार योगेश उपाध्याय, शम्भु श्रेष्ठ, बोधराज त्रिपाठी, उद्योगपति राजेन्द्र खेतान तथा अन्य परिचय नखुलेका डा. हरिवंश झा, प्रकाश ए राज, रमानन्द मित्तल र राजेन्द्र गुप्ता तथा मानवअधिकारवादी सुशील प्याकुरेललाई पनि विभिन्न प्रसङ्गमा जोडिएको देखिन्छ। टीएन प्रधानका धाराबाहिकका असली व्यक्तिहरू अहिले पनि जीवित छन्। उनीहरू किन टीएन प्रधान भएर आए? हत्याको अभियोग एमालेकै नेताहरूलाई लगाएर उनीहरूले के गर्न खोजेका थिए? यी धारावाहिकलाई सार्वजनिक गर्न 'जनादेश' पत्रिका किन राजी भयो? त्यसका सम्पादक नारायण शर्माले 'तथ्यमा आधारित सत्यका नजिक भनी' छापिएका लेखहरू नक्कली भन्ने प्रमाणित भइसकेपछि उनी र माओवादीद्धारा सञ्चालित पत्रिका किन मौन बस्यो? पत्रकार गणेश खत्रीले नै 'रविवार' साप्ताहिकमा 'आफूलाई सबै मानिसले सहजै चिन्न नसकिने फोटो चाहियो भनी सीपी मैनाली, केशवलाल र त्रिलोचनले मागेपछि आफूसँग भएको कुलदीप नयरको फोटो दिएको र भारतीय जासुसहरूको नामको पनि आफैँले उपलव्ध गराएको साथै त्यही फोटो र आफूले उपलब्ध गराएको जासुसको नामहरूसँग कथा बनाएर जनादेशमा टीएन प्रधान/रमेश प्रधानका नाममा छापिएको' सार्वजनिक गरिसक्दा पनि किन त्यससँग सम्बन्धित व्यक्ति चुप छन्? यति ठूलो षड्यन्त्रमा तत्कालीन माले किन सामेल भयो? दासढुङ्गा हत्याकाण्डका जीवत साक्षी अमर लामालाई काङ्गे्रसले आफ्नो सांस्कृतिक विभावको जिम्मेवारीमा किन पुर्याभयो र पछि निजको हत्या राजा ज्ञानेन्द्रको शासनकालमा फिल्मी शैलीले हुँदा किन गम्भीरताका साथ लिइएन? नेकपा (एमाले)का वरिष्ठ नेता माधव नेपालको नेतृत्वको सरकारले दासढुङ्गा हत्याकाण्डका यी तथ्यहरूमाथि टेकेर उच्चस्तरीय अधिकार सम्पन्न आयोग गठन गरी सत्य–तथ्य जनसमक्ष ल्याउने काम गर्नु आवश्यक छ। यस वर्षको मदन–आश्रित स्मृति दिवस र मदन भण्डारी जन्मोत्सवको समयमा दासढुङ्गा हत्याकाण्डको छानबिन हुने नेताहरूको अभिव्यक्ति सार्वजनिक भइसकेको तथ्यलाई समेत स्मरण गराउन चाहन्छु।
श्रोत्:- वीक्लीनेपाल डट्कम

Jul 29, 2009

को हो सच्चा कम्युनिष्ट

नेपालका सबै कम्युनिस्ट पार्टी आफूलाई ठीक र अर्को पार्टीलाई बेठीक भन्ने रोगबाट ग्रसित छन् । तर, कुन ज्ञानको धरातलका कारण उनीहरू आफूलाई ठीक र अर्कालाई बेठीक भन्छन् भन्ने आधारचाहिँ आमपाठकको बुझाइभन्दा पर छ । पर्वत जिल्लाका भाइ शैलज पौडेलले आफ्नो विचारको हिसाबले कम्युनिस्टका बारेमा राम्रै प्रतिक्रिया दिनुभएको छ । उहाँको बुझाइमा 'प्रदीप नेपालको स्तम्भ माओवादीविरुद्धको मिसन' मात्र रहेछ । उहाँले प्रदीप नेपालको मिसनको आफैँ व्याख्या गर्दै अर्को प्रश्न गर्नुभएको छ- 'नेपालका सच्चा कम्युनिस्ट के केपी ओली, आरके मैनाली र केशरजंग रायमाझी मात्रै हुन् ?'



शैलज भाइका दुई वाक्य एकदमै पृथक् मान्यता बोक्ने भनाइ हुन् । तर, ती दुइटैलाई एउटै टिप्पणीमा समावेश गर्न सकिन्छ । माओवादी पार्टीचाहिँ असल कम्युनिस्ट पार्टी हो भन्ने अन्योलग्रस्त चिन्तनबाट जन्मिएको सोचको उत्तर खोज्न साह्रै कसरत पनि गरिरहनुपर्दैन ।



यो संसार अझ फराकिलो अर्थमा भन्ने हो भने यो ब्रह्माण्ड नै एउटा मिसन हो । नेपालको निर्माण र सम्भावित अवसान पनि मिसनबाहेक अरू केही होइन । कांग्रेसको राजनीति पनि मिसन हो र एमालेको राजनीति पनि मिसन नै हो । माओवादीले त आफ्ना हत्या, हिंसा र आतंककारी गतिविधिलाई सत्ता कब्जा गर्ने मिसनकै रूपमा सार्वजनिक गरिसकेका छन् । यसरी नै प्रदीप नेपालको लेखन पनि मिसन हो र शैलज पौडेलको प्रतिक्रिया पनि मिसन नै हो । प्रत्येक व्यक्तिको जीवन आफैँमा एउटा मिसन हो । त्यसैले प्रदीप नेपालसँग मात्रै मिसन छ र अरूचाहिँ मिसनहीन प्राणी हुन् भन्नु अरूको अपमान गर्नु हो ।



जहाँसम्म मेरो मिसनलाई 'माओवादीविरुद्ध' मात्र भनिएको छ, त्योचाहिँ अलिक सही विश्लेषण भएन । मेरो मिसन नेपाली राजनीतिमा माक्र्सले परिकल्पना गरेको कम्युनिज्म, त्यसको प्राप्तिका लागि तय गरिएको बाटो, नागरिक स्वतन्त्रता, मानवअधिकार र सामाजिक प्रजातन्त्रका बारेमा देखिएका भ्रमलाई चिर्ने मात्र हो । नेपालका सबै कम्युनिस्ट पार्टीले आफ्नो लक्ष्य समाजवाद हुँदै साम्यवाद भन्ने गरेका छन् । शब्दहरूको संयोजनमा भएका सानो त्रुटिले हुन सक्छ या बुझाइमा समस्या भएका कारण हुन सक्छ- यो शब्दावलीले कम्युनिस्ट पार्टीले समाजवाद हुँदै साम्यवादी सत्ता स्थापना गर्छ भन्ने अर्थ दिन्छ । तर, माक्र्सले परिकल्पना गरेको साम्यवाद कम्युनिस्ट पार्टीको नेतृत्वमा चल्ने कुनै शासनप्रणाली होइन । साम्यवाद हो- स्वयं परिचालित सामाजिक प्रणाली । यही उट्पट्याङ प्रस्तुतिका कारण विरोधीहरूले आरोप लगाउँछन्- कम्निस्टहरू साम्यवाद स्थापना गर्न चाहन्छन् । कम्युनिस्टहरूले चाहे पनि नचाहे पनि सम्पूर्ण राज्य भत्किने र समुदायद्वारा स्वशासित साम्यवादको स्थापना त प्रकृतिको चक्रको अनिवार्य प्रक्रिया हो ।



कार्ल माक्र्सले कहिल्यै पनि 'राजनीतिक सत्ता बन्दुकको नालबाट प्राप्त हुन्छ' भनेका छैनन् । माक्र्सले कहिल्यै पनि जनतामाथि आतंकको आगो ओइर्‍याएर कम्युनिस्ट पार्टीले राजनीति गर्छ भनेका छैनन् । माक्र्स त यस्तो निरंकुशताको सदासर्वदा विरोधी रहे । नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रताका प्रबल पक्षपाती माक्र्सले छल, बल र षड्यन्त्र, मारकाट र हिंसाबाट होइन, बहस, तर्क र नागरिक जागरुकताबाट सामाजिक रूपान्तरणको कार्य सम्पन्न गर्ने काममा सधैँभरि जोड दिइरहे ।







माओवादीको व्यवहारले माक्र्सका मान्यताको विरोध गर्छ, त्यसैले नेपालमा माक्र्सवादको रक्षा गर्न माओवादीले गरेको अपव्याख्याको खण्डन गर्नु माक्र्सवाद मान्ने विद्यार्थीको दायित्व हुन्छ ।



मेरा टिप्पणी अर्ती र उपदेश होइनन् । तिनलाई स्विकार्नैपर्छ भन्ने पनि छैन । तर, न्याय निरूपण गर्ने नागरिक र राजनीतिक पार्टीका नेता कार्यकर्ताले पढ्ने गरून् । माओवादी पार्टीले आफ्नो मार्गदर्शक सिद्धान्तलाई माक्र्सवाद-लेनिनवाद-माओवाद भन्ने गरेको छ । ती वादको पछिल्तिर कहिले प्रचण्डपथ झुन्डिने गरेको पाइन्छ भने कहिले माओविचार । पार्टीको मार्गदर्शक सिद्धान्त नै माक्र्सवाद भनिएपछि माओवादी पार्टीका नेताहरूले माक्र्स र एंगेल्सले अघि सारेका विचारलाई आत्मसात् गर्न सक्नुपर्छ । जहाँसम्म माओवाद या माओविचारको कुरो हो- माओवादीहरू त्यसप्रति पनि इमानदार देखिएका छैनन् ।



माओ त्सेतुङले जनमुक्ति सेनाका लागि ११ अनुशासनका नियम निर्माण गरेका थिए । तिनमा जनतासँग झर्कोफर्को गर्न नपाइने, पैसा नतिरी जनताबाट सियो र धागोसम्म पनि लिन नपाइनेजस्ता नियम छन् । माओवादीको जनसेना या वाइसिएलले ११ मध्येका एउटा पनि नियम पालना गरेका छैनन् । त्यसैले माओवादी माक्र्सदेखि माओ त्सेतुङसम्मले निर्माण गरेको सिद्धान्त पालना गर्दैनन् । त्यसैले तिनीहरू यथाहालतमा कम्युनिस्ट हुन सक्दैनन् भन्ने मैले निष्कर्ष निकालेको हुँ । र, मैले माओवादी कम्युनिस्ट हुन् भन्ने अध्ययनहीनहरूको आँखा खोल्ने कोसिस गरेको हुँ ।



जहाँसम्म तीनजना व्यक्ति केपी ओली, आरके मैनाली र केशरजंग रायमाझीका बारेमा गरिएको प्रश्न छ, त्यसलाई पनि मैले खुट्याएरै जवाफ दिनुपर्छ । यद्यपि, यो उत्तरको म अन्तिम अधिकारी होइन । त्यसैले सम्बन्धितहरूले नै आवश्यक परे यसलाई छिमल्नुहुनेछ । प्रश्नकर्ताले केशरजंग रायमाझीलाई कम्युनिस्ट भन्नुभएको रहेछ । एकपटक जालझेल गरेर कम्युनिस्ट पार्टीको महासचिव बन्दैमा त्यसलाई कम्युनिस्ट मान्नुपर्छ भन्ने सोचसँग म सहमत हुन सक्दिनँ । रायमाझी नेपाल कम्युनिस्ट पार्टीका त्यस्तो ऐंजेरु हुन् जसलाई सरलताका साथ पाखा लगाउन सकिँदैन । रायमाझी त्यस्तो ऐंजेरु हुन् जसले मूलको समूलनाश गर्ने काम गर्छ । त्यसैले नेपाल कम्युनिस्ट आन्दोलनको विनाशकर्तामा रायमाझीको नाम सबैभन्दा माथि आउँछ । उनका कारण विनाशलीलाको चक्रब्यूहमा फसेको नेपालको कम्युनिस्ट आन्दोलन अहिले पनि धर्मराइरहेको छ ।



आरके मैनाली थाकेको कम्युनिस्टको नाम हो । कम्युनिस्ट हुन्छु भनेर मैनालीजी पार्टीमा लाग्नुभयो, तत्कालीन चेतनाअनुसारको कम्युनिस्ट कार्य पनि गर्नुभयो, जिन्दगीको लामो हिस्सा निरंकुश पञ्चायती सत्ताको झ्यालखानमा बिताउनुभयो । उमेर ढल्किँदै जाँदा थकाइ लाग्नु स्वाभाविक हो । उहाँलाई पनि कम्युनिस्ट पार्टीको कर्मशील जिन्दगीसँग थकाइ लाग्यो । हाल उहाँ थकाइ मारिरहनुभएको छ र उहाँको इतिहास उहाँकै पानामा समेटिएको छ ।



जहाँसम्म केपी ओलीको कुरा हो- उहाँलाई कम्युनिस्ट नमान्नु उहाँप्रति अन्याय हुन्छ । डाक्टर रायमाझी र आर के मैनालीसँगै जोडेर केपी ओलीका बारेमा टिप्पण गर्नु केपी ओलीप्रतिको पूर्वाग्रह हो । कतिपय मुद्दामा केपी ओलीसँग मेरा पनि कुरा मिल्दैनन्, तर केपी कम्युनिस्ट नै होइन भन्ने ठाउँ म कतै पनि पाउँदिन । १७ वर्षको उमेरदेखि उहाँ लगातार कम्युनिस्ट पार्टीमा लागिरहनुभएको छ । ४० वर्षदेखि उहाँ नेपाल कम्युनिस्ट पार्टीका पूर्व कोसी तथा माले समूह हुँदै आज एमालेको नेता हुनुभएको छ । माओवादी नेता र केपी ओलीका बीचमा कटाक्ष चल्यो भनेर केपी ओली कम्युनिस्ट नै होइन भन्ने निष्कर्ष निकाल्नु भनेको माक्र्सवादप्रतिको आफ्नै अज्ञानको प्रदर्शन गर्नु मात्र हुन्छ ।



व्यक्तिका बारेमा कहिल्यै पनि निष्कर्षात्मक टिप्पणी गर्न सकिँदैन । हिजोको असल मान्छे आज खराब हुन्छ भने आजको खराब मान्छे भोलि असल हुन सक्छ । थोरै मानिस हुन्छन्, जो भारीलाई काँधमा बोकेर निरन्तर हिँडिरहन्छन् । तिनीहरू सामाजिक रूपान्तरणका अगुवा हुन्छन् । तर बीच-बीचमा आएकाहरूलाई सहयात्री नै नमान्ने जडवादी शुद्धताबाट कम्युनिस्ट पार्टीका नेता-कार्यकर्ता मात्र होइनन्, सामान्य नागरिकले पनि बच्नुपर्छ ।



नेपाली राजनेता र राजनीतिप्रति गनिनसक्नुका गुनासा मैले पनि बोकेको छु, शैलज भाइ । तर, म एउटा कुरामा विश्वस्त छु- नेपालको राजनीति तपाईंहरूजस्ता युवाको हातमा सुम्पने वेला आइसकेको छ, बूढापाकाहरूका लागि । सक्नुहुन्छ जीवनभरिका लागि जनसेवाको भारी बोक्न तयार हुनुहोस्, सक्नुहुन्न जीवनको एक कालखण्डका लागि सेवाभावको जीवन बिताउनुहोस् ।

Jul 22, 2009

मणि र मात्रीका कमरेडसन्ग क्रांतिकारीअपेक्षा

  1. मणि र मातृका कमरेडसँग क्रान्तिकारी अपेक्षा - पुन्य गौतम 'विश्वास' The Position of Proletari Communist Pcm Italy regarding the situation in Nepal is based on the slogan We launched a Few month ago।With the revolution in Nepal and Nepaleas maoist engaged in the clash between revolution and Counter-revolution, in the complex and difficult phase of struggle for the New democratic republic, marching toward the Socialism।In the context we don's Support the position of chairman prachanda but that of the comrades and leards in the unifed communist party of Nepal maoist that supports another line in the current situation Kiran and Gaurav.We think that this line will become soon majority in the party and move over in the Nepali revoluton and among the masses in Nepal.We want a National and international campaign with Specific committees that invites comrade Gaurav to italy and Europe.-Proletari communist PCM italyMaoist communist Party of italy अन्तर्राष्ट्रिय माओवादी आन्दोलनको साझा चौतारी रिमको सदस्यसमेत रहेको इटालीको सर्वहारा कम्युनिस्ट पार्टी माओवादीले यस्तो घोषणापत्र सार्वजनिक गरेर प्रचण्ड नेतृत्वको एकीकृत नेकपा (माओवादी) भित्रको वैचारिक विचलनप्रति आफ्नो गम्भीर सरोकार व्यक्त गरेको छ। मार्क्सवादमा छुट्टै आयाम थप्ने विश्वप्रसिद्ध मौलिक कम्युनिस्ट चिन्तक एवम् मुसोलिनीको फाँसीवादविरुद्धको जुझारू योद्धा एन्टिनिओ ग्राम्चीको देश इटालीबाट सम्पे्रषण गरिएको यो माओवादी घोषणापत्रमा 'समाजवादीमुखी नयाँ जनवादी गणतन्त्रको जटिल र कठिन सङ्घर्षको चरणबीचबाट नेपाली माओवादीभित्र क्रान्ति र प्रतिक्रान्तिबीच द्वन्द्व भइरहेको' तथ्य उद्घाटित गरिएको छ। गत १४ जुलाईमा पे्रषित उक्त पत्रमा अगाडि लेखिएको छ– 'यो सन्दर्भमा हामी अध्यक्ष प्रचण्डको पक्षलाई समर्थन गर्दैनौँ तर वर्तमान परिस्थितिमा एकीकृत नेकपा (माओवादी) भित्रको किरण र गौरवसहितका कमरेड र नेताहरूको अर्को धारलाई समर्थन गर्दछौँ।' र, अन्त्यमा भनिएको छ– 'हामी निर्दिष्ट कमिटीहरूमार्फत कमरेड गौरवलाई इटाली र युरोपमा निम्त्याउन राष्ट्रिय र अन्तर्राष्ट्रिय विशेष अभियान (कारबाही) सञ्चालन गर्न चाहन्छौँ।' हाम्रो विचारमा यो धार पार्टीभित्र छिट्टै नै बहुमतमा हुनेछ, साथै नेपाली क्रान्ति र जनताको बीचमा पनि।' सङ्क्षिप्त तर सारगर्भित उक्त घोषणापत्रमार्फत नेपाली माओवादीको भाइचारा सङ्गठन इटालियन माओवादीले नेपाली क्रान्तिबारे विशेष चिन्ता र चासो प्रकट गरेको छ। उक्त पत्रमार्फत प्रचण्डको संस्थापनविरुद्ध किरण, सीपी गजुरेल (गौरव) हरूको विद्रोही धारलाई उसले समर्थन र प्रोत्साहन गरेको छ। यसैबाट स्पष्ट हुन्छ– एकीकृत माओवादीभित्र प्रचण्ड–बाबुरामद्वारा नेतृत्व गरिएको संशोधनवादी नीतिविरुद्ध अन्तर्राष्ट्रिय माओवादी आन्दोलन कत्तिको सशङ्कित र सतर्क छ। त्यसैगरी 'रिम'मै आबद्ध अर्को वरिष्ठ सदस्य सङ्गठन भाकपा (माओवादी) ले त झनै कडा र स्पष्ट भाषामा एकीकृत नेकपा (माओवादी) को वर्तमान दक्षिणपन्थी नीति र नेतृत्वविरुद्ध गत २० मेमा पत्राचार गरिसकेको छ। जसलाई आफ्नो संशोधनवादी पोल खुल्ने भयले प्रचण्ड–बाबुराम नेतृत्वले लुकाइराखे पनि हालसालै सार्वजनिक भएको छ। जसमा भाकपा (माओवादी) ले एकीकृत नेकपा (माओवादी) लाई क्रान्तिबाट विचलित भएर बुर्जुवा बहुलवादी संसद्वादमा पतन भएको ठहर गर्दै साम्यवादी महान् लक्ष्यमा अगाडि बढ्नका लागि त्यहाँभित्रका क्रान्तिकारी नेता, कार्यकर्ताहरूले संशोधनवादी नीति र नेतृत्वविरुद्ध विद्रोहको झन्डा उठाउनुपर्ने आवश्यकता औंल्याएको छ। त्यसैगरी 'रिम' र कम्पोसामा आबद्ध भुटान कम्युनिस्ट पार्टी (मालेमावादी) ले समेत एकीकृत माओवादीले हाल लिइरहेको दक्षिणपन्थी कार्यदिशाप्रति असन्तोष जाहेर गरेको छ। बौद्धिक रूपमा सशक्त आरसीपी, अमेरिकाका अध्यक्ष क. वव अवायकिनले त माओवादीद्वारा प्रस्तावित राज्य पुनर्संचरनाको नीति बुर्जुवा सुधारवादी भएको ठोकुवा गर्दै संसारभरिका माओवादीहरूले त्यसको भर्त्सना गर्नुपर्ने र राज्यको आमूल परिवर्तनमा जोड दिनुपर्ने अवधारणा व्यक्त गरेका थिए। एकीकृत माओवादीले बोकेको बुर्जुवा गणतन्त्रवादी धारप्रति आज विश्वले माओवादी आन्दोलनले आपत्ति प्रकट गरिसकेको छ। फिलिपिन्स, टर्की, कोलम्बिया, भारत, भुटान, पेरूलगायतका देशहरूका माओवादी भाइचारा सङ्गठनले उसप्रति कुनै न कुनै रूपमा असहमति प्रकट गरिसकेका छन्। 'खोला तर्योु, लौरो बिर्स्यो' भनेझैं एकीकृत माओवादीको प्रचण्ड–बाबुराम नेतृत्वले हिजो सङ्कटग्रस्त युद्धकालमा आफूलाई राजनीतिक, वैचारिक, आर्थिक र नैतिक सहयोग गर्ने अन्तर्राष्ट्रिय माओवादी भाइचाराहरूलाई कृतघ्नतापूर्वक भुल्दै र उपेक्षा गर्दै साम्राज्यवादी, विस्तारवादी सत्ता र शक्तिहरूको तारिफ र चाकडी गदर्ैै छन्। उल्टै माओवादी विचारको रातो झन्डा फहराएर विश्वक्रान्तिको उद्घोषण गर्ने ती सङ्गठनहरूलाई २–४ सय मानिसको जडसूत्रवादी समूह भन्दै खिसिट्युरी गर्दै आइरहेका छन्। थप आपत्तिजनक कुरा त माओवादी प्रवक्ता दीनानाथ शर्माले भारतलगायत अन्तर्राष्ट्रिय माओवादीसँग आफ्नो दलको कुनै सम्बन्ध नरहेकोे प्रतिक्रिया दिएर विदेशी प्रभुहरूलाई खुसी पार्न खोजेका छन्। यसप्रकार समग्रमा माओवादीको वर्तमान प्रचण्ड–बाबुरामको नेतृत्वपङ्क्ति कम्युनिस्ट दर्शन कार्यशैली र क्रान्तिकारी नैतिकताबाट विमुख भएर पूर्णतया बुर्जुवा सुधारवादी बाटोबाट लम्कँदै छ। नियतमै दक्षिणपन्थी सर्वसत्तावाद बोकेका उनीहरूले जानीजानी साम्यवादी आदर्श, मूल्य, मान्यता र संस्कृतिसँग सम्बन्धविच्छेद गरेका हुन्। त्यसैले खिर्राको बोटमा जाइफल नफलेझैं प्रचण्ड–बाबुरामको नेतृत्वमा कदापि जनविद्रोह र क्रान्ति सम्भव छैन भन्ने कुरा बुझ्न ढिलो गर्नु भनेको क्रान्तिकारीहरूले थप दुःख पाउने मेलोमेसो गर्नुसिवाय केही हुने छैन। त्यसैले एकीकृत माओवादीभित्र र बाहिरका क्रान्तिकारीहरूले माओवादी आन्दोलनको धारलाई रक्षा र विकास गर्न सशक्त धु्रवीकरण थाल्न अब ढिलाइ भइसकेको छ। जनविद्रोहको पक्षमा त्यहाँभित्र खरो वकालत गर्दै आएका वरिष्ठ नेता किरण, गौरव, सुनील र विप्लवहरूले आगामी महाधिवेशनसम्म आफ्नो धारलाई विजयी बनाएर बाहिर सञ्चालित क. मणि र मातृकाहरूको आन्दोलनसँग समन्वय गर्दै प्रचण्ड–बाबुरामको संशोधनवादी लाइनलाई पराजित गर्न सक्लान्? अथवा उक्त संशोधनवादसँग निर्णायक विद्रोह गरेर क.मणि र क. मातृकाहरूसँग रणनीतिक एकता गर्दै क्रान्तिकारी धु्रवीकरणमार्फत जनयुद्धको धारलाई अगाडि बढाउलान्? त्यो त हेर्न बाँकी नै छ। त्यहाँभित्र थकित र सौखिन संसद्वादीहरूबाहेक इमानदार क्रान्तिकारीहरूले दक्षिणपन्थी नीति र नेतृत्वविरुद्ध विद्रोह गर्नुचाहिँ अनिवार्य छ। पुनर्गठित नेकपा (माओवादी) का संयोजक क. मणि थापाले रेभोल्युसनरी लेफ्ट विङ्ग गठन अवधिदेखि नै त्यहाँभित्र प्रचण्ड–बाबुराम र किरण–गौरवहरूबीच तीव्र दुई लाइन सङ्घर्ष रहेको र भविष्यमा धु्रवीकरण भइछाड्ने बताउनुभएको यथार्थ आज झन् टड्कारो हुँदै गइरहेको देखिन्छ। हिजो प्रचण्डको आलोचना गर्नु क्रान्तिको विरुद्ध हो भन्दै उफ्रनेहरू आज प्रचण्ड स्वयम् संशोधनवादमा फसेको अन्तर्वार्ता दिन थालेका छन्। कुनै कालखण्डमा प्रचण्ड क्याम्पका हस्ती मानिएका र पुराना एवम् इमानदार माओवादी नेता क. हरिभक्त कँडेल (प्रतीक), दुःख र सङ्कटको बेला ज्यानलाई हत्केलामा राखेर बाबुरामलाई काँध थाप्ने प्रखर वैचारिक युवा नेता क. देवेन्द्र पौडेल (सुनील), प्रचण्डको कार्यालयप्रमुखको रूपमा कार्यभार सम्हालिसकेका परिपक्व क्रान्तिकारी नेता क. हितमान शाक्य (सुमन), हिजो प्रचण्डद्वारा नै प्रतिभाशाली 'रेडस्टार' घोषित सशक्त युवा नेताहरू क. विप्लव, (नेत्रविक्रम चन्द), क. सोनाम (कुलप्रसाद केसी), क. प्रकाण्ड (खड्ग विक), अध्ययनशील, कुशल वक्ता एवम् अन्तर्राष्ट्रिय मामिलाका जानकार क. राम कार्की (क. पार्थ), वरिष्ठ नेता एवम् पूर्वमन्त्री देव गुरुङ, कृष्णबहादुर महराहरू आज किन किरणलाई साथ दिँदै प्रचण्ड–बाबुरामप्रति औंला ठड्याइरहेछन्? झन्डै अल्पमतमा पार्नेगरी हिजोका सहयोगीहरूले प्रचण्ड–बाबुरामलाई छाडेर किरण–गौरवसँग आज मिली नयाँ समीकरण निर्माण गरिरहेका छन्। किरण र गौरव (सीपी गजुरेल) दुवै कम्युनिस्ट आन्दोलनका पुराना, त्यागी, इमानदार र देशभक्त नेताहरू हुनुहुन्छ। माओवादी पार्टीभित्र पोलिटब्युरोमा रही बेग्लाबेग्लै समयमा विद्रोह गरेका क. मणि थापा र क. मातृका यादववरिपरि आज माओवादीका क्रान्तिकारी नेता तथा कार्यकर्ताहरू गोलबन्द भइरहेका छन्। उहाँहरूले छुट्टाछुट्टै पुनर्गठन गरेको माओवादी पार्टी आज एकीकृत माओवादीको विकल्प भई पेस भइरहेको छ। प्रचण्ड–बाबुरामको संशोधनवादविरुद्ध विद्रोहको मसाल बाल्दै केन्द्रीय सदस्य टीकाविक्रम हमालदेखि लिएर हजारौं नेता तथा कार्यकर्ता र जनसेनाहरू क. मणि थापाले उठाएको रातो झन्डामुनि गोलबन्द हुन आइपुगेका छन्। त्यस्तै क. मातृका यादवलाई पनि ठूलो सङ्ख्यामा पार्टी र जनसेनाको समर्थन गर्दै एकीकृत माओवादीभित्र विद्रोह भइरहेको छ। यसरी हेर्दा वर्तमान एकीकृत माओवादीभित्रको क्रान्तिकारी नेता तथा कार्यकर्ताहरूको ठूलो धार र क. मणि–मातृकाहरू एकताबद्ध भएर माओवादी जनयुद्धको मूलधार सिर्जना हुने र हालको एकीकृत माओवादीको प्रकारान्तरले एमालेकरण हुने सम्भावना तीव्र छ। 'एउटै पार्टी नाम पुनर्गठित नेकपा (माओवादी) को रूपमा क्रियाशील क. मणि थापा र क. मातृका यादवको एकता तात्कालिक वस्तुगत आवश्यकता हो। विचार, नीति, कार्यक्रम र कार्यदिशा एउटै भएपछि दुईवटा पार्टीको रूपमा क्रियाशील हुनु भनेको क्रान्तिलाई सुस्त तुल्याउनु मात्र हो। क. मणि र क. मातृका दुवै कम्युनिस्ट आन्दोलनको अध्ययनशील त्यागी, कर्मठ, सिद्धान्तनिष्ट र देशभक्त नेताहरू हुनुहुन्छ। विगत तीन दशकदेखि सारा व्यक्तिवादी स्वार्थ त्यागेर सर्वहारा मुक्ति मिसनमा लागेका उहाँहरूले बेग्लाबेग्लै समयमा प्रचण्ड–बाबुरामको बुर्जुवा लाइनसँग विद्रोह गर्नुभएको हो। क. मणिले 'बाह्रबुँदे दक्षिणपन्थी दिल्ली सम्झौताविरुद्ध र क. मातृकाले बर्जुवा मन्त्रिमण्डलवादविरुद्ध विद्रोह गर्नुभएको हो। र, दुवैको उद्देश्य समान छ, प्रचण्ड–बाबुरामले लतारेको रातो झन्डा सगरमाथामा फहराउने। अर्थात् नेपाली क्रान्तिको अधुरो कार्यभार सम्पन्न गर्ने। यस दिशामा क. मणि, क. मुमारामलगायतका हामी युवा क्रान्तिकारी नेताहरूले राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय रूपमा समेत पहल थालिसकेका छौँ। रिम र कम्पोसासम्म लेफ्ट विङ्गको पहुँच पुगिसकेको छ। निकट भविष्यमै 'रिम'ले हामीलाई मान्यता दिने र एकीकृत माओवादीलाई 'किकआउट' गर्ने तीव्र सम्भावना छ। एकताको मामिलामा यान्त्रिक मानिएका पिपुल्स वार र एमसीसी मिलेर भाकपा (माओवादी) बनेजस्तै क. मणि र क. मातृकाहरू मिलेर एउटै पार्टी बनाउनुपर्छ भन्ने समस्त क्रान्तिकारी जनसमुदायको चाहनालाई अब उहाँहरूले सम्बोधन गर्नैपर्छ। छाती फराकिलो बनाएर महान् विचार र भावना बोकेका खण्डमा सबैखाले जुँगाको लडाइँ, व्यक्तिगत टकराव समाप्त भएर नयाँ क्रान्तिकारी एकताको क्षितिज उघि्रनेछ। नोकरशाही केन्द्रीयताको सार बोकेको प्रचण्डपथीय साङ्गठनिक संचरनाबाट पार्टीलाई सामूहिक नेतृत्वको जनवादी केन्द्रीयतामा लैजान लेनिन, माओ र रोजा लक्जेमबर्गबाट सिकेका क. मणि र क. मातृकाहरूले अवश्य पहल गर्नुहोला, आशा गरौँ। किनकि अब आशा र भरोसा प्रचण्ड र बाबुरामसँग गर्दा संशोधनवादी हुनुपर्नेछ। त्यसैले वर्तमानमा क्रान्तिकारी आशा र भरोसाका स्तम्भ क. मणि र क. मातृका हुनुहुन्छ। यतिबेला नेपाली माओवादी आन्दोलन 'मणि हराएको नाग' जस्तै रक्षात्मक भएको छ। बुर्जुवा मन्त्रिमण्डलमा सिटहरू सुरक्षित राख्न तत्कालीन फ्रान्समा मिलेराँपन्थीहरूले फ्रान्सेली राज्यक्रान्तिका गद्दार जनरल ग्यालिफेसँग सम्झौता गरेजस्तै यता प्रचण्ड–बाबुरामले त्यस्तै मन्त्रिमण्डलमा प्रवेश खातिर र अमेरिका, भारत र घरेलु प्रतिक्रियावादीहरूसँग अपवित्र सम्झौता गरी क्रान्तिकारी धारलाई बर्बाद पर्न खोजेका छन्। साम्राज्यवादी ग्राण्डडिजायनअनुरूप क्रान्तिका तीन जादूगरी हतियार 'पार्टी, जनसेना र संयुक्त मोर्चालाई' भुत्ते बनाएका छन्। क. माओले किटान गरेको क्रान्ति सम्पन्न गर्ने तीन जादुगरी हतियार अर्थात् नयाँ क्रान्तिकारी पार्टी, जनसेना र संयुक्त मोर्चा निर्माण गर्ने ऐतिहासिक दायित्व क. मणि र क. मातृकालगायत हामी क्रान्तिकारीहरूको काँधमा आइपरेको छ। एमालेको 'निजामती विसर्जन'बाट प्रभावित एकीकृत माओवादीको प्रचण्ड–बाबुराम नेतृत्वले 'क्रान्तिको जंगी' विसर्जनवाद–साम्राज्यवाद एवम् घरेलु प्रतिक्रियावादीबाट बाँचुन्जेल सत्ता सुखभोगको पुरस्कार खोजिरहेको स्पष्ट छ। त्यसैले रणनीतिक प्रत्याक्रमणको टुप्पोबाट खसालेर बलात घाइते बनाइएको नेपाली क्रान्तिको राम्रो उपचार गरेर रणनीतिक रक्षाबाट फेरि निर्णायक विद्रोह र विजयको शिखरसम्म पुर्यामउन समस्त इमानदार माओवादीहरूले पहल गर्नैपर्छ। त्यसमा पनि क. मणि र क. मातृकाहरू त विशेष चनाखो हुनुपर्छ। किनभने तपार्इंहरू धूलो टक्टक्याउँदै उठेको त्यो 'आइकन' हुनुहुन्छ, जसको आँखाहरूबाट तमाम उत्पीडित सर्वहारावर्गले आफ्नो मुक्तिको दृष्टि–क्षितिज नियाल्न चाहन्छ। 'आइकन'को त्यो लाइनमा पजेरो र महलको सत्तासुखलाई बाइबाइ गर्ने अन्य त्यागी एकीकृत माओवादी नेता पनि हुनेछन् भविष्यमा। अन्त्यमा प्रचण्ड–बाबुरामजीहरूले पुँजीवादी गणतन्त्र र संविधानसभाको निम्ति नेतृत्व सम्हाल्नुभएकोमा त्यसको निम्ति धन्यवाद भन्नैपर्ला। जनवादी गणतन्त्र हुँदै समाजवाद र साम्यवाद स्थापनाको लम्बे अभियानमा तपाईंहरू थाक्नुभए पनि हामीहरू थप उत्साहित भएका छौँ। तर, बुर्जुवा गणतन्त्रको धरहरा चढ्दै तपाईंहरू यति माथि पुग्ने धुनमा हुनुहुन्छ, जहाँबाट तल हेर्दा एक दिन तपाईंहरूले आफ्नो भन्ने कोही देख्नुहुने छैन। झन् त्यहाँबाट खस्नुभयो भने त हाडखोरसमेत नभेटिएला। क्याडर (कार्यकर्ता) बेस कम्युनिस्ट पार्टीलाई 'मासबेस' बुर्जुवा भीडतन्त्र बनाएर तपाईंहरू विघटनको डिलमा उभिनुभएको छ। सबैभन्दा विशाल पार्टीको घमण्ड गर्ने तपाईंहरूले कुनै समयमा सबैभन्दा ठूलो जनावर डाइनोसर विलयको जीवविज्ञान राम्ररी अध्ययन गर्नु वेश होला। (लेखक रेभोल्युसनरी लेफ्ट विङ्गको केन्द्रीय सदस्य हुनुहुन्छ।)

Create your own at MyNiceSpace.com

Jul 15, 2009

आर्थिक बर्ष २०६६-६७ को बजेट

  1. आर्थिक वर्ष२०६६/०६७ को बजेट वक्तव्य
    सम्माननीय सभामुख महोदय,१. ऐतिहासिक जनआन्दोलनको भावना, विस्तृत शान्ति संझौता र संविधानसभाको जनादेश अनुरूप नयाँ संविधानको निर्माण गर्दै समाजवादउन्मुख, न्यायपूर्ण, विभेदरहित, सबल एवं समृद्ध नेपालको निर्माण गर्न संसदमा रहेका २४ राजनीतिक दलहरूमध्ये २२ वटा दलहरूको र्समर्थनमा गठित संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संयुक्त सरकारको अर्थमन्त्रीको हैसियतले आर्थिक वर्ष२०६६।६७ को बजेट प्रस्तुत गर्न पाउँदा म गौरवान्वित भएको छु। यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिको र्संघषमा सहादत प्राप्त गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु। साथै, जनआन्दोलनका घाइते तथा योद्धाहरू प्रति सम्मान व्यक्त गर्दछु।२ . राजनीतिक दलहरूबीच राष्ट्रिय सहमति निर्माण गर्ने, संवैधानिक सर्वोच्चता, विधिको शासन र सुशासनको प्रत्याभूति दिने, विगतमा भएका सम्पूर्ण सम्झौता र सहमतिहरूको कार्यान्वयन गर्दै अराजकता, असुरक्षा र दण्डहिनता समाप्त गर्दै शान्ति प्रकृयालाई पूर्णता दिने, निर्धारित समय भित्र राष्ट्रिय सहमतिको आधारमा नयाँ संविधानको निर्माण गर्ने, राज्यको पुनर्संरचना एवं सामाजिक(आर्थिक रूपान्तरणको आधार निर्माण गर्दै आर्थिक विकासमा तीव्रता दिने संयुक्त सरकारका मुख्य प्राथमिकता रहेका छन्। प्रस्तावित बजेट यिनै मूख्य प्राथमिकताको पृष्ठभूमि एवं तीन वषीय अन्तरिम योजनामा आधारित छ।३. विविधतायुक्त हाम्रो नेपालमा राजतन्त्रात्मक सामन्ती व्यवस्थाका कारण विगत लामो समयदेखि सबै वर्ग, जाति, भाषा, धर्म, संस्कृति, लिंग र क्षेत्र राज्यबाट समान व्यवहार पाउनबाट बन्चित रहे। यो नै अनेक किसिमका विरोध, व्रि्रोह र राजनीतिक अस्थिरताको कारण बन्यो। त्यो स्थिति प्रतिको तीव्र असहमति २०६२।६३ को जनआन्दोलन र त्यसपछिको तर्राई(मधेश तथा अन्य शान्तिपूर्ण आन्दोलनहरूमा मुखरित भयो। ती आन्दोलनका भावना र सन्देशलाई पूर्णरूपमा आत्मसात गर्दै अगाडि बढ्नु आजको हाम्रो आवश्यकता हो। हाम्रा सामु अझै पनि चुनौतीहरू विद्यमान छन्। ती चुनौतीहरूको सफलतापूर्वक सामना गरेर मात्र हामीले यो राजनीतिक परिवर्तनलाई संस्थागत गर्न सक्दछौं।४. लामो समयदेखि राजनीतिक परिवर्तनको प्रक्रियामा लागिरहनु परेकाले आर्थिक प्रगति तर्फहामीले पर्याप्त ध्यान पुर्याउन सकेनौं। हाम्रो जस्तै आर्थिक अवस्थामा रहेका छिमेकी लगायत विश्वका धेरै मुलुकहरूले आर्थिक विकासको क्षेत्रमा ठूलो फड्को मारिसकेका छन्। महत्वपूर्ण राजनीतिक परिवर्तन भैसकेको पर्रि्रेक्ष्यमा अब सामाजिक(आर्थिक रूपान्तरण र आर्थिक विकासका लागि सम्पूर्ण राजनीतिक दलहरू बीच सहमति कायम गर्दै अगाडि बढनु जरुरीछ। यसबाट मात्र आर्थिक रूपले समुन्नत राष्ट्रको निर्माण भई राष्ट्रिय एकता सुदृढ हुन सक्दछ।५. नेपाली अर्थतन्त्रको विकासका लागि सहकारी, निजी र र्सार्वजनिक क्षेत्रको सहकार्य अनिवार्य रहेकोछ। केही वर्षेखि देखा परेको आर्थिक तथा वित्तीय संकटले विश्व अर्थतन्त्रमाथि एउटा चुनौती नै सिर्जना गरेकोछ। हाम्रा नीति र कार्यक्रमहरू यो चुनौती सामना गर्ने तर्फपरिलक्षित गर्नु पर्दछ। बजार अर्थतन्त्रले समेट्न नसकेका एवं विभेद र वहिष्करणमा परेका सम्पूर्ण वर्ग क्षेत्र, लिंग, जाति र समुदायलाई राज्यले समेट्नु अनिवार्य भएको छ। यस निम्ति राजनीतिक स्थायित्वको आवश्यकता रहेकोछ। जसले संघीय लोकतान्त्रिक गणतन्त्रको सर्म्वर्द्धन र सु्दृढिकरणमा सघाउ पुर्याउनेछ। चालू आर्थिक वर्षो आर्थिक गतिविधि तथा बजेट कार्यान्वयनको समीक्षासभामुख महोदय,६. चालू आर्थिक वर्षा आर्थिक वृद्धिदर आधारभूत मूल्यमा ३.८ प्रतिशत र उत्पादकको मूल्यमा ४.७ प्रतिशत रहने संशोधित अनुमान छ। ऊर्जा संकट, प्रतिकूल मौसम, पूँजीगत खर्चमा कमी, अशान्त औद्योगिक क्षेत्र, जनप्रतिनिधीविहीन स्थानीय निकाय र विश्वव्यापी आर्थिक मन्दीजस्ता कणहरूले आर्थिक वृद्धिदर न्यून रहन गएको देखिन्छ।७. विश्वव्यापी खाद्य संकटले गर्दा खाद्यान्नमा भएको उच्च मूल्य वृद्धि, नेपाली मुद्राको अवमुल्यन, आन्तरिक बजारको बिसंगति र मिलोमतो, कमजोर र्सार्वजनिक वितरण प्रणाली, बन्द, हडताल, चक्काजाम र विभिन्न समूहको आन्दोलनबाट आपूर्ति व्यवस्थामा आएको अवरोध जस्ता कारणहरूले आर्थिक वर्षभरिनै मूल्यवृद्धि दर उच्च रहन गई वाषिर्क औसत मूल्य वृद्धिदर १३ प्रतिशत रहने अनुमानछ।८. व्रि्रेषण आय, निर्यात तथा पर्यटन क्षेत्रको आम्दानीमा भएको वृद्धिले शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति सन्तोषजनक अवस्थामा रहेकाछन्। आर्थिक वर्ष२०६५।६६ मा कुल आयात गत वर्षो तुलनामा २८.६ प्रतिशतले बढ्ने अनुमानछ भने निर्यात वृद्धि १२ प्रतिशत रहने अनुमानछ। चालू वर्षा व्यापार घाटा २८.२ प्रतिशतले वृद्धि भई रु. २०८ अर्ब ५१ करोड पुग्ने अनुमानछ। कुल व्यापार घाटामध्ये भारतसँगको व्यापार घाटा मात्रै ५७.३ प्रतिशत रहने अनुमान गरिएकोछ। २०६६ जेठ मसान्तमा विदेशी मुद्रा सञ्चिति रु २८२ अर्ब ३३ करोड रहेको छ जसले करीब १० महिना बराबरको वस्तु तथा सेवाको आयात धान्न सक्दछ। चालू आर्थिक वर्षो अन्तमा करीब रु. ३० अर्ब शोधनान्तर बचत रहने अनुमान छ।९. आर्थिक वर्ष२०६५।६६ मा कूल सरकारी खर्च रु. २१३ अर्ब ५७ करोड ८३ लाख हुने संशोधित अनुमान छ। यसमा चालू खर्च रु. १२२ अर्ब ७ करोड ९५ लाख अर्थात कुल खर्चको ५७.१६ प्रतिशत, पूँजीगत खर्च रु. ७३ अर्ब ३० करोड ९५ लाख अर्थात कुल खर्चको ३४.३२ प्रतिशत र ऋणको सावाँ भुक्तानी रु. १८ अर्ब १८ करोड ९३ लाख अर्थात कुल खर्चको ८.५२ प्रतिशत रहने संशोधित अनुमान छ।१०. चालू आर्थिक वर्षा बचत हुन सक्ने बजेट उपयोग गरी नेपाल सरकारको भावी दायित्व सकेसम्म कम गर्न र भविष्यमा विकास निर्माणका लागि बढी रकम विनियोजन गर्न सक्ने क्षमता संरक्षण गर्न विशेष प्रयास गरिएकोछ। यसै अवधारणा अनुरूप ऋण मिनाहा कार्यक्रमका लागि रु. ४० करोडको बजेट विनियोजन रहेकोमा खुद दायित्व रु. ५ अर्ब ९७ करोड पर्न आएकोले यसलाई भविष्यमा नसारी पूरै दायित्व चालू आर्थिक वर्षै चुक्ता गरिएकोछ। कर्मचारी स्वेच्छिक अवकास योजना अर्न्तर्गत अवकाश लिएका ५ हजार ६ सय ५ कर्मचारीको ७ बर्षो एकमुष्ट निवृत्तिभरणका लागि रु. ४ अर्ब ५५ करोड निकासा गरिएकोछ। रासायनिक मलमा दिइने अनुदानको लागि सुरुमा बजेट विनियोजन नगरिएको भए पनि उक्त प्रयोजनकोलागि रु. ५० करोड निकासा दिइएकोछ।११. आर्थिक वर्ष२०६५।६६ मा रु. १४२ अर्ब २१ करोड १३ लाख राजस्व संकलन हुने संशोधित अनुमान गरिएकोछ, यो रकम गत आर्थिक वर्षो यथार्थ भन्दा ३२.१४ प्रतिशतले बढी हो। वैदेशिक सहायतातर्फ आर्थिक वर्ष२०६४।६५ मा रु. ३४ अर्ब ६ करोड ८ लाखको प्रतिवद्धता प्राप्त भएकोमा यस आर्थिक वर्षो असार १५ गतेसम्ममा रु.४७ अर्ब ८५ करोड ६४ लाखको प्रतिबद्धता प्राप्त भैसकेकोछ।१२. चालू आर्थिक वर्षालागि आन्तरिक ऋणको सीमा रु. २५ अर्ब रहेकोमा सो सीमाभित्रै रहेर आन्तरिक ऋण उठाइने भएकोछ।१३. चालू आर्थिक वर्षा प्रत्येक मन्त्रालयहरूलाई छुट्याइएको खर्चको रकम र सो खर्चअनुसारको लक्ष्य हासिल भयो वा भएन त्यसको विवरण र र्सार्वजनिक संस्थानहरूको वाषिर्क स्थिति समीक्षा पनि आजै मैले यस सम्मानित सदनमा प्रस्तुत गरेको छु।सभामुख महोदय,१४. बजेट तर्जुमाको क्रममा अर्थतन्त्रको संरचनागत पक्षहरूको विश्लेषण गर्दा मैले के पाएँ भने हामीसंग साधन, स्रोत र संस्थागत संयन्त्रको अभाव रहेनछ। बरु काम गर्ने इच्छा शक्ति, क्षमता र राष्ट्र एवं जनता प्रति दायित्व बोधमा थप जोड दिनुपर्ने मैले महसुस गरे। कार्यक्रमको कार्यान्वयन क्षमता बढाउनको लागि मानवीय सक्षमता, जन(उत्तरदायित्व र जवाफदेहिताको आवश्यकता देखें। विकास निर्माणमा नागरिक हिस्सेदारीको लागि स्थानीय निकायहरूमा राजनीतिक नेतृत्वको उपस्थिति त्यति नै जरुरी रहेको पनि पाएँ।अर्थतन्त्रका समस्या र चुनौतीहरूसभामुख महोदय,१५. गरिबी, बेरोजगारी र विभेदको अन्त्य नगरी हामी समुन्नत, आधुनिक र न्यायपूर्ण नेपालको निर्माण गर्न सक्दैनौं। उच्च र समावेशी आर्थिक वृद्धि तथा आयको न्यायिक वितरणबाट मात्र हामी यो लक्ष्य प्राप्त गर्न सक्दछौं। प्रस्तुत बजेट तर्जुमा गर्दा मैले उच्च र समावेशी आर्थिक वृद्धि र आयको न्यायिक वितरणको बाटोमा रहेका अवरोधहरूलाई पहिचान गरी तिनलाई न्यूनीकरण गर्ने दिशामा नीति र कार्यक्रमलाई केन्द्रीत गरेको छु। आन्तरिक साधन परिचालन र उच्च विदेशीमुद्रा संचिति बीच नेपाली अर्थतन्त्र अहिले उच्च मुल्यवृद्धि, न्यून आर्थिक वृद्धि, ह्रासोन्मुख उत्पादकत्व, बढ्दो बेरोजगारी, लगानीको असहज वातावरण, असमान विकास, जलवायु परिवर्तन, अतिबृष्टि(अनाबृष्टि जस्ता समस्याबाट गुज्रिरहेकोछ। प्रस्तुत बजेट तर्जुमा गर्दा मुलतः निम्न समस्याहरूमा मेरो ध्यान केन्द्रीत रहेको छ।-क) लगानीको वातावरणमा सुधार नहुनु१६. लोकतान्त्रिक गणतन्त्रको स्थापनापछि मुलुकका विभिन्न वर्ग, क्षेत्र, लिंग र समुदायहरूबाट आ-आफ्ना हक, हित र अधिकारको निमित्त सशक्त आवाज उठिरहेका छन्। लोकतान्त्रिक संस्कृतिको सुदृढीकरणको निमित्त यस्ता आवाजहरूलाई सहृदयतापूर्वक सम्मान गर्नुपर्दछ। यस अवस्थामा राज्यले ती विषयको सम्बोधन गर्न आफ्नो क्षमता अभिवृद्धि गर्नुको साथै नागरिकहरूले समेत राज्यका सीमालाई आत्मसात गर्नु त्यतिकै जरुरी बनेको छ। दण्डहिनता र शान्ति सुरक्षाको ब्रि्रदो अवस्थाले थप समस्या पारेको छ। यी कारणहरूले गर्दा राज्य तथा निजी क्षेत्र दुवैको लगानी खुम्चिन पुगेको छ। आर्थिक वृद्धि दर, गरिबी, बेरोजगारी आदिमा अपेक्षित सुधार आउन सकिरहेको छैन। मुलुकमा लगानी अनुकूल वातावरण तयार हुन नसक्नु यतिखेर प्रमुख चुनौतीको विषय भएको छ।-ख) उच्च मूल्यवृद्धि१७. विगत केही वर्षदेखि देखापरेको आर्थिक संकटबाट विश्वभरी नै मूल्य घटी रहेको अवस्थामा नेपालमा भने दुई अंकको दरमा मूल्य वृद्धि भई रहनु गम्भिर विषय हो। त्यसमा पनि दैनिक आवश्यकताका दाल, चामल, घ्यू, तेल, चिनी, तरकारी जस्ता बस्तुहरूको मूल्य अत्यधिक मात्रामा बढ्दा विपन्न वर्गलाई प्रतिकूल असर पुर्याएकोछ। मूल्य वृद्धि नियन्त्रण गरी न्यूनतम स्तरमा ल्याउनु हाम्रो सामु अर्को चुनौती रहेको छ।-ग) साधन उपयोगमा प्राथमिकीकरण१८. युगान्तकारी राजनैतिक परिवर्तन पछि जनआकांक्षा ह्वात्तै बढेकोछ। सबै कुरा तत्काल र एकैचोटी पूरा हुनु पर्दछ भन्ने मांगहरू छन्। तर, उपलब्ध स्रोत, साधन र क्षमताका आधारमा सबै कुरा तत्काल र एकैचोटी पूरा गर्न सम्भव छैन। यसमा प्राथमिकीकरणको आवश्यकता छ र क्रमिक रूपमा विकास निर्माणका कामहरू अगाडि बढाउने सरकारको प्रयास प्रति सबैको धैय पनि उत्तिकै आवश्यक छ। साधनलाई र्सवत्र छरेर कुनै पनि आयोजना सम्पन्न गर्न नसक्नु भन्दा तीव्र आर्थिक वृद्धिलाई सहयोगी हुने ठूला आयोजनाहरू निर्धारित समयमै सम्पन्न गर्ने गरी साधन केन्द्रीत गर्न सकियो भने दीर्घकालीन लाभ प्राप्त हुन सक्दछ। यस पृष्ठभूमिमा साधनको प्रभावकारिता वृद्धि गर्न आयोजनाहरूको प्राथमिकीकरण गरी आवश्यक बजेट विनियोजन गर्नु र संचालित आयोजनाहरू सम्पन्न भइसकेपछि मात्र नयाँ आयोजनाहरूको थालनी गर्ने परिपाटी वसाल्नु पनि चुनौतीपूर्ण रहेकोछ।-घ) कमजोर बजेट कार्यान्वयन तथा आयोजना व्यवस्थापन१९. विगतदेखिका विकास प्रयासहरूको समीक्षा गर्दा राम्रा नीति तथा कार्यक्रम तर्जुमा हुने, तर कार्यान्वयन भने नहुने हुँदा सरकार प्रति जनताको विश्वास घट्न गएको महसुस गरेको छु। ठूला भौतिक पूर्वाधारहरू तोकिएको समयमा सम्पन्न हुन नसकेकोले तिनको लागत दोब्वरसम्म वृद्धि भएको अवस्थाछ। एकै आर्थिक वर्षा सम्पन्न हुन नसक्ने पूर्वाधार निर्माण आयोजनाहरूलाई वहुवषीय बजेट प्रत्याभूति गर्न नसकिएकाले प्रत्येक वर्षएक(तिहाई समय ठेक्कापट्टा लगाउनमै वित्ने गरेकोछ। त्यसैगरी वाषिर्क बजेटमा विनियोजन गरिएको रकम खर्च हुन नसकी पmीज हुने वा अन्य कम महत्वका आयोजनाहरूमा रकमान्तर मांग गर्ने प्रवृत्ति बढ्दै गएकोछ। एकातर्फसम्पन्न भएका आयोजनाहरूको गुणस्तर कायम हुन सकेको छैन भने अर्कोतिर मर्मत सम्भारको पनि प्रभावकारी व्यवस्था हुन सकेको छैन।-ङ) बढ्दो बेरोजगारी(क्रमश

Jul 12, 2009

महा भुकम्पको भविश्यबाणि

'नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भूकम्पको खतरा'
Font size: Naya Patrika 11/07/2009 06:32:00

विसं १९९० मा नेपालमा गएको महाभूकम्पको चर्चा सबै गर्छन् । तर, नेपालमा अब यति ठूलो भूकम्प जाँदै छ कि ९० सालको भूकम्प निकै सानो हुनेछ । किनकि, हामी ९० सालको भन्दा करिब ३० गुणा बढी क्षति गराउने महाभूकम्पको प्रतीक्षामा छौँ । त्यस भूकम्पले तराईदेखि पहाडसम्म भयंकर क्षति पुर्‍याउनेछ । ९० सालको भूकम्पले भक्तपुर र काठमाडौंका थुप्रै मठमन्दिर र घरहरू भत्काएको थियो । त्यति बेला भारतको बिहार राज्यमा पनि गएको त्यस भूकम्पभन्दा ३० गुणा बढी क्षति गराउने अबको महाभूकम्पले नेपालको कुन हालत बनाउला ? त्यसले काठमाडौं, पोखरा, विराटनगरलगायत ठूला सहरको अवस्था कस्तो बनाउला भन्ने सम्बन्धमा प्रशस्तै अध्ययन भइसकेका छन् । तिनले डरलाग्दा तथ्यहरू सार्वजनिक गरेका छन् ।
हामीलाई एउटा ठूलो भूकम्प जानैपर्छ र जान्छ भन्नेसम्म थाहा छ, तर कहिले जान्छ भन्नेचाहिँ अहिलेसम्म पत्ता लगाउन सकिएका छैन । नेपालको इतिहासमा यस्ता भूकम्प धेरैपटक गएका छन् । लिच्छविकालमा संवत् २५५ मा ९० सालको भन्दा धेरै गुणा ठूलो भूकम्प गएको थियो । युरोपेली पात्रोले त्यसको व्याख्या गर्छ । त्यस्तै, २५०० वर्ष अगाडि शाक्यमुनि बुद्धका पालामा पनि नेपालमा विशाल भूकम्प गएको थियो । तर, त्यो भूकम्प कस्तो थियो र के-के भयो भन्ने जानकारी पाइसकिएको छैन । त्यस भूकम्पबारे जान्न हामी नेपालको पुरातत्त्व विभागको सहयोगमा पुरातात्त्विक वस्तुको अध्ययन गरिरहेका छौँ— खासगरी, लुम्बिनी क्षेत्रका पुरातात्त्विक वस्तुका । पुरातत्वविद्हरूले त्यसबेला भूकम्प गएको थियो भन्ने केही संकेत पाएका छन्, जो भूकम्पीय अध्ययनका लागि महत्त्वपूर्ण छन् ।
किन जान्छ त नेपालमा भूकम्प ?नेपाल सक्रिय रूपले महादेशीय ठक्कर खाने क्षेत्रमा अवस्थित छ । त्यसैले यस हिमाली देशमा ठूलो भूकम्प जाने सम्भावना रहेको हो । भारतीय पठारको जमिनका पाप्राहरूको बनोट महासागरीय माटो र पत्रले बनेको छ । भित्री सतह तातो र चिप्लो छ । माथिल्लो आवरणको केही भाग जसलाई भूतत्त्व-पट्टिका (टेक्टोनिक प्लेट) भनिन्छ, यो लेदो परेको छ । त्यही भाग घसि्रने र चिप्लिने गर्दार् भूकम्प पैदा हुन्छ । ती भूतत्त्व-पट्टिकाहरू पृथ्वीको भित्री भागको गतिशीलताका कारण हलचल गर्छन् । यस हलचलले ड्याङजस्तो परेको महासागरीय ढिस्को (ओसियानिक रिजेज) र महासागरीय सुरुङ भाग (ओसेयानिक टे्रन्चेज) मा पट्टिकाहरू निर्माण गर्न भूमिका खेल्छ । महादेशहरू चलायमान हुन्छन् । ती चल्दा दुई महादेश चिप्लिएर नजिकिँदै जान्छन् । भित्र हुने त्यही हलचलले भूकम्प पैदा गर्ने हो ।
अहिले भारत र चीनको स्वशासित प्रदेश तिब्बत वाषिर्क पाँच सेमीका दरले अगाडि बढिरहेका छन् विपरीत दिशातर्फ । यसो हुँदा पृथ्वीका पत्रहरू सरेर माथिल्लो तहमा चिरा पर्ने र चट्टानहरू धकेलिने गर्छन् । झट्ट सुन्दा यो दुई सेमी थोरैजस्तो लागे पनि धेरै हो । चीन उत्तरबाट दक्षिण र भारत दक्षिणबाट उत्तरतिर सर्दै गएको छ । दुई क्षेत्र यसरी नजिँकिदै जाँदा एक दिन जम्काभेट भएर ठोकिन्छन् । त्यही बेला भूकम्प जान्छ । ती कुनै बेला बिस्तारै ठोकिन्छन्, त कुनैबेला जोडले । यसरी एउटा निश्चित गतिको शक्तिले धक्का दिँदा एक भाग धसिन्छ त अर्को माथि उठ्छ । कहिलेकाहीँ चाहिँ महादेशहरू अगाडि त बढ्छन् तर भूकम्प जाँदैन । ५० लाख वर्षपछि अहिले भारतभित्र दबिँदै गएर तिब्बती भाग माथि पर्नेछ । त्यसैले नेपालको हिमाली भागलगायत तिब्बती क्षेत्र अग्लिँदै गएको हो ।
भूकम्प नगई डाँडाकाँडा र पहाडपर्वत बन्दैनन् । त्यसैले, भूकम्प जानु जरुरी छ । प्रश्न कहिले, कहाँ, कत्रो जान्छ र कति क्षति पुर्‍याउँछ भन्ने हो । हिमाल/पहाड बन्ने अर्को कारण ज्वालामुखी पनि हो । तर, नेपालमा ज्वालामुखीको समस्या भने अहिलेका लागि छैन । चिनियाँ भूभाग अर्थात् उत्तरी भाग माथि चढ्ने हुनाले हिमाल पनि चुलिँदै जान्छन् । भारत र तिब्बतका बीचमा भइरहेको यो सर्ने प्रक्रिया सबैभन्दा छिटो भइरहको छ । फ्रान्सको पनि हिमाली (आल्पस) क्षेत्रमा भूकम्प नगएको होइन । अहिलेचाहिँ रोकिएको छ त्यस क्षेत्रमा । जान त भूकम्प महासागरभित्र पनि जान्छन् । जापान, इन्डोनेसिया र अमेरिकाको प्रशान्त महासागरवरिपरिको पानीमुनि त्यस्तो भइरहेको छ । पानीमुनि गएको भूकम्प हामी त्यति थाहा पाउँदैनौँ र त्यसले त्यति क्षति पनि गर्दैन ।
महादेश र पठार तुरुन्तै ठोकिने होइनन् । बिस्तारै सर्दै गएर लाखौँ वर्षको समय लाग्छ ठोक्किन । भारत त पहिले एसिया महादेशमै थिएन । करिब दुई करोड वर्षपहिले टेथ्य भनिने समुद्रले भारतीय महाद्वीपीय-कपट्टिका (कन्टिनेन्टल प्लेट) लाई युरासियाको पट्टिकाबाट छुट्टयाएको थियो । यसैगरी सर्दै गएर पछि मात्रै एसिया महादेशमा जोडिन आइपुगेको हो भारत ।
हराउन सक्छ सगरमाथा पनिभूकम्प जाँदा हिमाल चल्छन् । पहिरो जान्छ । उपत्यका सर्छन् । कुनै उपत्यका त नामेट नै हुन्छन् । नयाँ उपत्यका जन्मिन्छन् । भूदृश्य (ल्यान्ड्स्केप) बदलिन्छन् । सन् २००४ मा पाकिस्तानमा गएको भूकम्पले केही उपत्यकालाई १० देखि २० मिटर तल झारेको थियो ।अहिले सगरमाथा बिस्तारै अग्लिरहेको छ । कुनै दिन त्यसको उचाइ घट्दै गएर सबैभन्दा पुड्को हिमाल पनि बन्न सक्छ । सगरमाथा धसिँदै र के टु ठडिँदै जाने भयो भने किन सम्भव नहुने ? तर, यो तत्कालै हुने प्रक्रिया नभएर दसौँ लाख वर्षको प्रक्रिया हो । हिमाल विशाल र अडिग लाग्छन् । तर, ती पनि घडीका सुईजस्तै चलमल गर्छन् । धरती नै चलायमान भएपछि यहाँका हरेक वस्तु चलायमान हुने नै भए ।
लाखौँ वर्षको इतिहास हेर्‍यौँ भने कुनै हिमाल माथि गएको त कुनै तल खस्केको पाउँछौँ । हामीले के अनुमान गरेका छौँ भने करिब एक करोड ५० लाख वर्षपहिले फ्रान्सको आल्पस क्षेत्रमा पनि सगरमाथा जत्तिकै अग्ला हिमाल थिए । तर, ती पछि विलुप्त भए । आल्पस क्षेत्रमा हिमाल नासिएझैँ सगरमाथा पनि आठ/दस करोड वर्षपछि त्यसैगरी हराउन सक्छ । एसिया र खासगरी हिमाली वृत्तमा भएको यो तीव्र भूकम्पीय क्रियाकलाप निरन्तर चलिरहने पर्वत रचनाक्रिया (ओर्गोजेनेसिस प्रोसेस) हो ।
तिब्बत चुलिँदा वैज्ञानिक आश्चर्यचीनको स्वशासित क्षेत्र तिब्बत पाँच हजार मिटरभन्दा पनि बढी उचाइमा पुगेको छ । यसको कारण यही हो भन्न सकिने अवस्था छैन । हिमाली क्षेत्रबाट टाढाको तिब्बत त्यसरी अग्लो हुन पुग्यो । हिमाली भागबाट निकै टाढा तिब्बतका सिँचुवान राज्य पनि अग्लिइरहेको छ । हामीले बुझ्न नसकेको कुरा नै यही हो ।
खुम्बुदेखि चितवनसम्मका पहाडले उचाइ लिइरहेका छन् । प्रतिवर्ष ती दुई सेमिका दरले अग्लिइरहेका छन् जुन निकै धेरै हो । हिमाली क्षेत्रमा भएको उचाइको वृद्धि आश्चर्यजनक छ । विश्वव्यापी मौसम-परिवर्तन पनि यौटा कारण हुनसक्छ । मौसम-परिवर्तनका कारण सगरमाथाको बरफ पग्लिन्छ । बरफ पग्लिँदा त्यसको उचाइ घट्दै जानसक्छ । हाललाई भने सगरमाथाको उचाइ चुलिँदो छ । त्यसैले सगरमाथा अहिले, जर्ज एभरेस्टले नापेको बेलामा भन्दा अग्लो भयो भनिएको हो । हामीले के अनुमान गरेका छौँ भने सगरमाथा अहिले वाषिर्क चार मिलिमिटरका दरले चुलिँदै गएको छ । सगरमाथा मात्रै नभएर अन्नपूर्ण, मनास्लुलगायत समग्र हिमाली शृंखला नै अग्लिइरहेको छ ।
नेपालमा एकदम धेरै जान्छन् भूकम्प । साना भूकम्प त निरन्तर गई नै रहन्छन् । तर, चार म्याग्निच्युडदेखि मात्रै वस्तुहरू हल्लने र थर्कने गर्छन् । साना भूकम्प हप्ताको सरदर एउटा र ठूलोचाहिँ वर्षमा एउटा जान्छ नेपालमा । ६ म्याग्निच्युडको भूकम्पलाई हामी ठूलो भन्छौँ, किनभने यसले घरहरू भत्काउन थाल्छ । तर, सबै भूकम्प जाँदा मानिसले चाल पाउँदैनन् । पहाड, हिमाल, जंगलतिर गएका भूकम्प स्थानीय मानिसले थाहा नपाउन सक्छन् । यस्ता भूकम्प धेरै जान्छन् नेपालमा ।
भ्रम र यथार्थनेपालका सबै सीमाक्षेत्र र एसियाका सबैजसो भागमा भूकम्पीय सम्भावना र जोखिम देखिन्छ । नेपाल निकै भूकम्पीय जोखिम भएको क्षेत्र हो । तर, कतिपयले भन्नेगरेजस्तो सबैभन्दा बढी भूकम्पीय जोखिम भएको क्षेत्र भने होइन । पाकिस्तान, भारतको आसामलगायत पूर्वी र उत्तरी भाग, बर्मा, थाइल्यान्ड, जापान, इन्डोनेसियालगायतका देशमा भूकम्पको जोखिम प्रशस्त देखिन्छ । भारतीय सामुदि्रक भागमा पनि धेरै सम्भावना छ, तर पानीभित्र भूकम्प जाने भएकाले धेरै क्षति हुँदैन ।
ठूलो भूकम्प गएको ठाउँमा फेरि तत्कालै अर्को ठूलो भूकम्प जानु दुर्लभ हो । त्यसैले, अहिले एकदम ठूलो भूकम्पको सम्भावना नेपाल र आसामको पूर्वी भागमा छ । यसको कारण के पनि हो भने धेरै लामो समय भइसक्यो आसाममा ठूलो भूकम्प नगएको । भूकम्पबारे अमेरिकालगायत अन्य ठूला र विकसित देशमा पनि प्रत्येक ६० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास थियो, नेपालमा प्रत्येक ९० वर्षमा ठूलो भूकम्प जान्छ भन्ने विश्वास भएझैँ । यो सत्य होइन । यसको वैज्ञानिक पुष्टि गर्ने कुनै पनि आधार छैन । अझ ह्वेल माछाले पृथ्वीलाई थामेर बसेको छ र त्यसले काँध फेर्दा पृथ्वी हल्लिन्छ, देउता रिसाएर भूकम्प जान्छ भन्ने कथन त पक्का हावादारी हुन् ।
भूकम्प एकैखाले हुँदेनन् । कुनै साना त कुनै ठूला हुन्छन् । कुनै पृथ्वीको धेरैभित्र जान्छन् त कुनै अलि बाहिर । कुनै बांगोटिंगो भएर जान्छन्, त कुनै सीधा । हामीले तिनलाई अवलोकन गर्न सकेका छैनौँ । नेपालका सन्दर्भमा त झन् कम जानकारी छन् हामीसँग । भूकम्पसम्बन्धी जानकारी बढी हासिल गर्न हामीले महत्त्वपूर्ण ठानेका ठाउँमा भूकम्पको सूचना बटुल्ने उपकरण राखेका छौँ । केही वर्षपहिले अमेरिकीले पनि त्यस्तै जानकारी लिन वीरगन्जदेखि त्रिशूलीसम्म ६ महिनादेखि दुई वर्षसम्म ७५ वटा उपकरण राखेका थिए ।
पृथ्वीसँगै नाच्छ उपग्रहपृथ्वीको धरातल धिमा गतिमा चलायमान हुन्छ । मानिसले भने भूकम्प जानुपूर्व वस्तुहरू यताउति चलेका महसुस गरेका छन् । कुनै चिज प्रायः भइरहेको ठाउँभन्दा अन्यत्रै मोडिएको पाइएका छन् । भिरालो ठाउँ अन्तै फर्किएको देखिएको छ । भूकम्प जानुपूर्व पृथ्वीको धरातलमा यस्तैखाले अनौठा परिवर्तन देखापरेपछि भूकम्प गएको थाहा पाइन्छ । तर, हामी वैज्ञानिकहरूले त्यसलाई अझै पनि मापन गर्न सकेका छैनौँ । ती निरन्तर देखिएका पनि छैनन् । अवलोकन भने पटक-पटक गरेका छन् मानिसहरूले । हामीसँग अहिलेसम्म त्यसको चित्तबुझ्दो व्याख्या छैन । अहिले केही वैज्ञानिक पृथ्वीको चुम्बकीय धरातल भूकम्पसँग सम्बन्धित भए/नभएको यथार्थ पत्ता लगाउन अध्ययन गरिरहेका छन् । त्यसका लागि केही भूउपग्रह पनि छाडिएका छन् । एउटा फ्रान्सेली र एउटा रुसी भूउपग्रह छाडिएका छन् । यिनले पृथ्वीको चुम्बकीय धरातलको चलायमानबारे खोजी गर्छन् । र, भूकम्प जानुपूर्व वस्तुहरू चले/नचलेको पनि हेर्छन् ।
अहिले हामीलाई भूकम्प कहाँ जान्छ भन्ने थाहा भए पनि कसरी र कहिले जान्छ भन्ने थाहा छैन । भूकम्पसम्बन्धी जानकारी बटुल्नका लागि हामीले काठमाडौंको त्रिचन्द्र क्याम्पस, त्रिभुवन विश्वविद्यालय र खानी तथा भूगर्भ विभागसँग मिलेर अध्ययन गरिरहेका छाँ । नेपालका विभिन्न ठाउँमा भूकम्पीय चहलपहललाई मापन गर्ने यन्त्र (सिस्म्रोग्राफ) २५ वटा राखेका छौँ । तिनले २४ सै घन्टा नरोकिईकन काम गरिरहेका हुन्छन् । ती मेसिनले म्याग्निच्युड एकदेखिको भूकम्पको हरेक झड्कालाई केन्द्रमा पठाउँछन् रेडियो तरंगमार्फत । तर, हामीले चाहिँ महसुस गर्न सक्दैनौँ । त्यस्ता केन्द्र सुर्खेत र काठमाडौं गरी दुईवटा छन् । भूकम्पको गति पत्ता लगाउन भूउपग्रहको माध्यमद्वारा जिपिएस प्रयोग गर्छां जुन नयाँ प्रविधि हो । जिपिएसका सात/आठवटा केन्द्रले लगातार काम गर्छन् नेपालका लागि । यो फ्रान्स र नेपालबीचको सम्भवतः सबैभन्दा पुरानो संस्थागत सहकार्य हो ।
भूकम्पका बारेमा धेरै अध्ययन हुने गर्छन् । नेपालमा हरेकपटक भूकम्प जाँदा खानी तथा भूगर्भ विभागले कहाँ गयो, कस्तो र कत्रो गयो भनेर गृह मन्त्रालयलाई तत्कालै जानकारी दिन्छ ताकि उद्धारकार्य सहज होस् । भूकम्प मापन गर्ने काम खर्चिलो छ । सिस्मोग्राफहरू बारम्बार बिगि्ररहने हुनाले तिनको मर्मत सम्भार गरिरहनुपर्छ । ती राखिएका केन्द्रमा गएर निरन्तर निगरानी पनि गर्नैपर्‍यो । त्यसबाहेक हामी अन्य अनुसन्धानका काम पनि गर्छौं । हाम्रो एनालाइसिस डिपार्टमेन्ट एन्ड इन्भाइरोमेन्टल सर्भिलियन्स (डिएएसई)ले सहकार्य गर्छ नेपालसँग ।
भूकम्प कहिले, कसरी र कस्तो तरिकाले जाला ? गएपछि के हुन्छ ? हामीले कहिलेसम्म पर्खिनुपर्ला ठूलो भूकम्प ? भूकम्पलाई कसरी स्पष्ट बुझ्न सकिन्छ ? भूकम्पको भविष्यवाणी गर्न हामी धेरै घोत्लिने गरेका छौँ । भूकम्प गयो भने कसरी बाँच्ने भनेर हामी गाउँलेलाई भेला गराएर ज्ञान पनि दिने गर्छौं ।
लौ है सतर्क रहनू !हामीले काठमाडौंमा भवन निर्माणबारे सतर्क गराउन थालेको दस वर्ष भइसक्यो । तर, जुनसुकै तरिकाले पनि भवन ठड्याउने क्रम चलिनैरहेको छ । काठमाडौंमा भवन निर्माणको तरिका पूर्णरूपमा परिवर्तन गर्नु जरुरी छ । तर, काठमाडौंका मानिसलाई त्यसबारे बुझाउन सकिएको छैन । हामीले पर्खिरहेको भूकम्प गयो भने काठमाडौंका केही ठाउँमा त कुनै पनि भवन बाँकी रहने छैनन् । ढलेका भवनले बाटो छेकेर उद्धार गर्न जाने ठाउँ पनि हुने छैन । ठमेलदेखि टेकुसम्म त सारा भवन ध्वस्तै हुनेछन् । त्यस क्षेत्रका मानिसका जीवन असाध्यै जोखिममा छ । हामीले यो कुरा वर्षौंदेखि भन्दै आएको हो । तर, कसैले सुनेका छैनन् । एक/दुई गर्दागर्दै साततलेसम्म घर ठड्याएका छन् मानिसहरूले, जब कि त्यहाँ भुइँतले घर मात्रै बनाउनुपर्छ । एउटा वास्तविकता के हो भने अब नेपालमा जाने ठूलो भूकम्प जताबाट गए पनि सबैतिर क्षति गर्नेछ ।
यही वेलामा जान्छ भन्न त कठिन छ, तर एक/दुई वर्षपछि हामी महाभूकम्प जान सक्ने सम्भावनातिर अगाडि बढ्छौँ र त्यो नयाँ कुरा पनि होइन । किनभने दस वर्षदेखि अमेरिकी प्राध्यापक रोजर बिलाँले 'सतर्क रहनू, लौ है नेपालमा अब महाभूकम्प जान सक्छ' भन्दै जनताको ध्यान तान्ने कोसिस गर्दै आएका हुन्, तर कसैले पनि टेर-पुच्छर लगाएको छैन ।
नेपालमा भवन निर्माणका नियम कानुन र आचारसंहिता नै नभएको भने होइन । तर, कसैले सम्मान गरेको छैन । अर्को कारण के भने नेपालमा तत्कालै नगरी नहुने कामले सरकारलाई व्यस्त बनाएको छ । भविष्यबारे सोच्ने फुर्सद नै छैन । सरकारलाई हतारो त निर्वाचनको हुन्छ । किनभने निर्वाचनको निश्चितता हुन्छ, तर भूकम्पको हुँदैन ।
अर्को कारण त भ्रष्टाचार पनि हो । तर, सबै कारण भ्रष्टाचार भने पक्कै होइन । भ्रष्टाचार त फ्रान्समा पनि हुने गर्छ । फ्रान्सको दक्षिणमा पर्ने निस भन्ने भागतिर सानाखाले भूकम्प जाने गर्छन् । त्यहाँ भवन तथा विमानस्थल निर्माणका लागि नियम बनाइएको थियो । तर, मानिसले पालना गरेनन् । मानिस आफ्नै हितका लागि बनाएका कानुन पनि मान्दैनन् । अनि क्षति भइसकेपछि सरकारलाई दोष दिन्छन् । कसले दबाब दिएको छ र काठमाडौंमा ६ तले घर बनाउन ? सरकारलाई मात्रै दोष दिने ?
मैले त काठमाडौंको बारेमा सोचेको छु । गाउँको बारेमा सोच्ने हो भने त झन् कहाली लाग्छ । उद्धारकर्मी पुग्दैनन् । भएका पनि सहर-बजारमै केन्दि्रत हुन्छन् । सडकहरू छिन्न-भिन्न भएका हुन्छन् । फोनका तार छिनेर गाउँ पूरै सम्पर्कविहीन हुन्छ । पानीका पाइप फुट्छन् । अस्पताल भवन ढल्छन् । भएका ठाउँमा पनि घाइते राख्ने ठाउँ हुँदैन । औषधिको अभाव हुन्छ । उद्धार गर्ने मानिस हुँदैनन् । अनि के गर्ने ? नेपालमा जाने महाभूकम्पपूर्व नै हामी सबै जानकारी लिने प्रयास गरिरहेका छौँ ? तर, भोलि नै गयो भने ? त्यसैले, हरेकपटक रेडियोमा भूकम्प गयो रे भन्ने सुन्नासाथ म झसंग हुन्छु । अन्तै गएको भन्ने थाहा पाएपछि 'ए नेपालमा होइनरहेछ' लामो सास फेर्छु । यसपटक बँचियो भनेर अलि ढुक्क हुन्छु । तर, एकदिन त भूकम्पको सामना गर्नु नै छ ?
पढिसकेपछि नेपाल बिर्सिने ?नेपालमा युवाशक्ति पलायन भएर पनि समस्या भएको छ । अध्ययन गर्ने दक्ष जनशक्तिको अभाव छ । युवा नेपालीहरू नेपालमा बस्दैनन् । नेपालमा अध्ययन गर्छन् अनि क्यानाडा, अमेरिका वा फ्रान्सतिर भाग्छन् । नेपालको ठूलो समस्या हो यो । शिक्षित पिँढी त्यसरी भागिदिएपछि को बस्ने त नेपालमा ? हामी त नेपालका लागि सधैँ काम गर्न सक्दैनौँ, सहयोग गर्ने मात्रै हो । काम त नेपालीले नै गर्ने हो । यो विषयमा म एकदम निराशावादी छु । हुन त नेपालीका लागि पनि गाह्रो छ । भूशास्त्र पढ्यो, काम नै पाइँदैन । काम नपाएर निराश भएका वेला विदेशमा मौका देख्छन्, अनि भाग्छन् ।
त्यति मात्रै हुन् र समस्या ?नेपालका हिमालका अर्को समस्या भनेको बढ्दो तापक्रम हो । सय वर्षदेखि नै पृथ्वीको तापक्रम विस्तारै-विस्तारै बढ्न थालेको हो । तीव्र रूपमा बढ्न थालेको गत दस वर्षदेखि मात्रै हो । अहिले वर्षको शून्य दशमलव एक डिग्रीका दरले बढिरहेको छ । तैपनि नेपालमा त्यत्ति धेरै बढिसकेको छैन । तर, नेपालमा वर्षा भने एकदम परिवर्तन भइरहेको छ । कहिलेकाहीँ मनसुन अति कम हुन्छ । अहिले नेपालमा पहिलेभन्दा वर्षा कम हुन्छ ।
नेपालमा चिन्ता के भने भारत र चीनमा तीव्र गतिमा विकास हुँदै छन् । त्यसरी विकास हुँदा बढ्ने सवारीसाधन र कलकारखानाले गर्दा झन् तापक्रम बढाउनेछ । नेपालमा हिउँ र बरफसम्बन्धी काम गर्नेले हिमालमा बरफ पग्लिइरहेको पाएका छन् । बरफ पग्लेर ताल बन्छ । उचाइमा त्यसरी ताल बन्नु ज्यादै खतरा हो किनभने त्यो प्राकृतिक बाँधजस्तो हुन्छ । अनि त्यहाँ बढी पानी जम्मा भएपछि त्यो भत्किन्छ । तापक्रम वृद्धिले हिमालको बरफ पगाल्नु नेपालका लागि ठूलो खतरा हो ।
प्रस्तुति : दधिराम सापकोटा/पेरिसबाट
(फ्रेदेरिक पेरिय भूकम्पविद् हुन् । लामो समयदेखि उनी भूकम्पीय र ज्वालामुखीय जोखिमको अध्ययन गरिरहेका छन् । पेरिसको जुस्यू विश्वविद्यालयका प्राध्यापक पेरियले नेपालको भूकम्पीय जोखिमबारे विभिन्न अध्ययन गरेका छन् । पेरियसँग दधिराम सापकोटाले प्रकाशोन्मुख नयाँ पुस्तकका लागि यो कुराकानी गरेका हुन् । पुस्तक केही महिनाभित्रै बजारमा आउँदै छ ।)